ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

लुम्बिनी प्रदेशका ६ जिल्ला सदरमुकाम पुग्ने सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो
  • हजुरकाे पाेष्ट

  • २०७८ असार २ गते रुपन्देही । तीन दिनदेखि निरन्तर वर्षापछि आएको पहिरोले लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाका सदरमुकाम पुग्ने सडक अवरुद्ध भएका छन् । रुपन्देहीमा हिजोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज पनि नखुल्ने भएको छ ।

    प्रदेश प्रहरी कार्यालयले बाढीका कारण लुम्बिनी प्रदेशका धेरै सडकहरु अवरुद्ध भएको जनाएको छ । प्रदेशको पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरु पुग्ने सडक सम्बन्ध बिच्छेद भएको छ भने सहायक मार्गहरु पनि डुबानमा छन् । राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरु ठाउँठाउँमा पहिरो खसेका कारण बन्द भएको छ ।

    मंगलबार दिउसोदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको देवदह नजिकै भास्सिएको सडक आजसम्म खुल्न सकेको छैन ।

    निरन्तर वर्षा जारी रहेका कारण बैकल्पिक सडक बनाउन नसकिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

    त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडी,तम्घास र वामीटक्सार खण्ड पनि बन्द रहेका छन् ।

    कपिलवस्तुको गारुसिङ्गे सन्धिखर्क सडकको फुदवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हुँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध बिच्छेद भएकाे छ पश्चिमको राजमार्ग भने सुचारु रहेको छ ।

    वर्षापछि रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले सतह पार गरेपछि दजनौं घर सारिएको छ बुटवल वडा नं ११ मा मंगलबार राती धेरै घरलाई सुरक्षित स्थानमा सारिएको थियाे। सो क्षेत्रका दजर्नौ घर बाढीले डुबानमा परिसकेकाे छ।

    उपमहानगरपालिकाले मंगलबारदेखि नै सर्वसाधारणलाई क्षतिबाट जोगाउन अपील गरेको र ठाउँठाउँमा प्रहरी तथा स्काउटको टोली खटाइएको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech