असार २ बुटवल: रुपन्देहीको देवदहमा खोलाले बगाएर ल्याएको एक महिलाको शव आज विहान फेला परेको प्रहरीले जनाएको छ ।
रोहिणी खोलाले बगाएर ल्याएको ४०–५० वर्षको महिलाको शव देवदह–८ टटेरामा फेला परेको छ।
महिलाको शव स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।