चुरामणि तिमिल्सिना,रिडि। आइतबार देखि अविरल रुपमा परेको बर्षाले हिजो दिउसो देखि रुरु क्षेत्रको बगर जलमग्न भएको छ । मन्दिर प्रवेश गेटको १२सिढी पानीले पार गरेको छ। खिम प्रसाद गौतम टेक बहादुर थापा बसन्त खाम्चा र आषिश जोशि बिस्थापित भएका छन्।अहिले सम्म कुनै पनि मानविय क्षति भएको छैन् भने घर टहराहरु तथा तिन मुखे पुलका फलाम तथा काठका सामाग्रीहरु बगाएको छ। पानीको सतह बड्ने क्रम रहेको तानसेन नगर पालिका वडा न १४ का वडा अध्यक्ष कमल रानाले बताउनु भयाे। रुरु क्षेत्र गाउँ पालिका वड न १ का बासिन्दालाई सुरक्षित स्थानमा बस्न वडाअध्यक्ष रामलाल बिकले आग्रह गर्नुभएको छ। यस्तै पाल्पा तर्फ दाहा सस्कार गर्ने ठाँउ नभएकाले कालिमाटि लैजान आग्रह गरिएको छ। खोला तथा नदिमा अहिले भने पानीको बहाव घटेको छैन्।