ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

बैठक बस्दै एमाले, माधव पक्षमाथि थप कारबाही होला ?

बैठक बैशाख ६ गतेकै निरन्तरता हो ।

  • हजुरकाे पाेष्ट

  • काठमाडौं । आन्तरिक विवादले पार्टी बिभाजनसम्मको जोखिम बढिरहेको समयमा सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

    विहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । यो बैठक बैशाख ६ गतेकै निरन्तरता हो ।

    अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    रसम्म सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उनीहरुको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।

    यसबीचमा आन्तरिक विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र विहीबार गरी दुईपल्ट वर्ता भएको थियो । वार्ताबाट सकारात्मक परिणाम नआएको माधव पक्षको भनाई छ ।

    आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ । केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech