ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

अध्यक्ष उपेन्द्र यादव पक्ष आधिकारिकता दाबी गर्दै फेरि निर्वाचन आयोगमा जाने
  • हजुरकाे पाेष्ट

  • अध्यक्ष उपेन्द्र यादव पक्ष आधिकारिकता दाबी गर्दै फेरि निर्वाचन आयोगमा जाने

    जनता समाजवादी पार्टी(जसपा)का पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनःनिवेदन दिने भएको छ।
    यसअघि यादवले पार्टीका पदाधिकारी हेरफेर भएको जानकारी आयोगलाई गराएको थियो। यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ जनालाई पार्टीबाट निश्कासन गरेको थियो। ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको छ।
    दुबै पक्षले आयोगमा एक अर्कालाई कारबाही गरेको पत्र पठाए पनि आयोगले दुबै पक्षलाई आधिकारिकता दिएको छैन। यादवले कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर आयोगमा पठाएका थिए भने ठाकुरले यादवलाई कारबाही गरेको पत्र मात्रै पठाएका थिए।

    कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। यसअघि कार्यकारिणी समितिको बहुमत सदस्यको हस्तक्षरसहित यादव पक्षले ४ सांसदलाई निष्कासन गरेको थियो। तर उनीहरूलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।
    उक्त बैठक चुरे दोहन गर्न नहुने निष्कर्ष निकालेको छ। बाढी पहिरोको उद्धारका लागि खट्न यादव पक्षले आफ्ना कार्यकार्तालाई निर्देशन दिएको छ भने उद्धार र राहतका लागि सरकारसँग आग्रह पनि गरेको छ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech