गोकर्ण पाण्डे/गुल्मी।गुल्मीमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा २ २० जना र पिसिआर परिक्षण गर्दा १ मा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे रेसुङा नगरपालिकामा नौ जना,रुरुक्षेत्र गाउँपालिकामा एक जना, छत्रकाेट गाउँपालिकामा तीन जना,कालिगण्डकी गाउँपालिकामा छ जना,धुर्कोट गाउँपालिकामा एक जना,मालिका गाउँपालिकामा एक जना गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ३१४ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ९१ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार ६८९ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । दाेस्रो काेराेना लहरका कारण गुल्मीमा ८९ जनाले ज्यान गुमाएका छन्।