ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

खुल्ला बक्तृत्वकला प्रतियोगितामा गुल्मीकि रीतिका गौतम लाई प्रथम स्थान हासिल
  • हजुरकाे पाेष्ट

  • चुरामणि तिमिल्सीना /३, असार गुल्मी। रिडि, रुपान्तरण नेपालले देश भरिनै २५ बर्ष भन्दा मुनिका बिद्यार्थी लाई लक्षित गरि आयोजना गरेको खुल्ला बक्तृत्वकला प्रतियोगितामा गुल्मीकि रीतिका गौतम प्रथम भएकि छन ।

    वातावरण दिवसको अवसर पारेर वातावरणमा स्वच्छता आजको आबश्यकता भन्ने शीर्षकमा प्रतियोगिता राखिएको थियो । सामाजिक सन्जालमा प्रत्यक्ष लाइभबाट सहभागीताको नतिजा प्रकाशन गरेको हो ।

    देशभरि बाट १० जनाको सहभागिता रहेको प्रतियोगितामा गुल्मी चन्द्रकोट गाउँपालिका वडा न २ भञ्ज्याङ् स्थित जनज्योति प्राबिको कक्षा ५ मा अध्ययनरत छात्रा रीतिका गौतमले प्रथम स्थान हासिल गरेको आयोजकले घोषणा गरेको छ ।आफ्नै घर नजिकै रहेको प्राथमिक बिद्यालयमा अध्ययनरत गौतम गत बर्ष पनि यसै सस्थाले आयोजना गरेको “बालबालिकामा कोरोनाको प्रभाव“ शीर्षकमा प्रथम स्थान नै हासिल गरेकि थिइन ।

    बुवा घनस्याम गौतम र आमा तारादेबि गौतमकी कान्छि छोरी रीतिका सानै उमेर देखिनै पढाइ लेखाइ , बौद्धिक प्रतिभा, नया बिचारकि धनि, र बिद्यालयकै अनुशासित छात्र हुन । बिद्यालयका प्रधानाध्यापक हरि नारायण शर्माले चित्रकला गायन ,नृत्य र नेतृत्वदायी भुमिका समेत बिद्यालयमा निर्वाह गर्ने गरेको बताउनुभयो ।

    यसरी आफ्नो नाम सहित आफ्नो बिद्यालयको पहिचान सन्सार भर फैलाएको भन्दै उहाले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।रुपान्तरण सस्थाले प्रथम द्वितीय र तृतीय हुने सबैलाई प्रमाणपत्र तथा नगद पुरस्कार समेत वितरण लगत्तै गर्ने कार्यक्रम राखेको जनाएको छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech