ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

पानी नपर्दा पनि बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै
  • हजुरकाे पाेष्ट

  • असार ५ काठमाण्डाै – पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ। मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा छ ।

    ‘पानी नपर्दा पनि खोलामा बाढी किन आयो भन्नेबारे अध्ययन गर्न विज्ञको टोली मेलम्ची जाँदै छ’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भन्नुभयो – ‘खोलाको शिर भाग अर्थात मुहानतिर पुगेर टोलीले अध्ययन गर्ने छ ।’

    मेलम्चीमा पानी पर्न रोकिए पनि हिजो फेरि बाढी आएको थियो । खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिने हुन्छ । यसरी खोला थुनिँदा पछि बाँध भत्किएर बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ । तर, यसबारे कुनै पुष्टि हुन सकेको छैन ।

    आज काठमाण्डौबाट जाने विज्ञको टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । छ। मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले छलफलमा छ ।

    ‘पानी नपर्दा पनि खोलामा बाढी किन आयो भन्नेबारे अध्ययन गर्न विज्ञको टोली मेलम्ची जाँदै छ’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भन्नुभयो – ‘खोलाको शिर भाग अर्थात मुहानतिर पुगेर टोलीले अध्ययन गर्ने छ ।’

    मेलम्चीमा पानी पर्न रोकिए पनि हिजो फेरि बाढी आएको थियो । खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिने हुन्छ । यसरी खोला थुनिँदा पछि बाँध भत्किएर बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ । तर, यसबारे कुनै पुष्टि हुन सकेको छैन ।

    आज काठमाण्डौबाट जाने विज्ञको टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech