असार ५, बुटवल
सामाजिक सेवामा अाफूलाइ समर्पित गर्ने उद्देश्यकाे साथ बुटवलका केही युवाहरुले लायन्स क्लब अफ बुटवल वेस्टकाे गठन गरेका छन् । महिलाहरु मात्र आवद्ध रहेको लायन्स क्लब अफ बेलवास सिर्जनशीलले चार्टर गर्ने गरि क्लब गठन गरिएको लायन्स क्लब अफ बेलवास सिर्जनशीलकी अध्यक्ष विमला गैरेले बताइन |
नव गठित बुटवल वेस्टको नेतृत्व ब्यवसायी वेद प्रसाद गैरेले गरेका छन् । विशेष गरि बुटवलको पश्चिम क्षेत्र जितगढी, वेलवास, नयाँगाउँ, तामनगर क्षेत्रका विभिन्न पेशा तथा ब्यवसाय गर्दै अाएका युवाहरू आवद्ध भएर क्लबको गठन गरिएकाे हुँदा याे क्लबले सामाजिक उत्तरदायित्व पूरा गर्ने कुरामा अाफूहरू मन ,वचन र कर्मले लाग्ने हुँदा क्लबकाे गरिमालाइ उच्च बनाउने काममा सम्पूर्ण टिम लाग्ने बताए ।
उक्त क्लबमा बैंकिङ क्षेत्र, व्यवसायी, स्वास्थ्यकर्मी , ईन्जिनियर लगाएत विभिन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको छ | नव गठित क्लबको प्रथम उपाध्यक्षमा शिव आचार्य , द्वितीय उपाध्यक्षमा ई.नव सुजित भण्डारी तथा तृतीय उपाध्यक्षमा भोजराज खनाल रहेका छन् |
त्यसै गरि सचिवमा गंगाधर घिमिरे, कोषाध्यक्षमा अर्जुन प्रसाद तिमिल्सिना, सह सचिवमा सुर्य सुवेदी तथा सह कोषाध्यक्षमा प्रकाश शर्मा रहेका छन् | क्लबले लायन्स ईन्टरनेश्नलबाट स्वीकृति समेत प्राप्त गरि गरेकाे छ ।