ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

शिक्षकलाई ल्यापटप दिने रुपन्देहीको सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम

रुपन्देहीको सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम : शिक्षकलाई ल्यापटप

  • हजुरकाे पाेष्ट

  • स्वास्थ्य र कृषिलाई प्राथमिकता दिंदै रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७८–७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    कोरोना महामारीले थपेको चुनौतीलाई मध्यनजजर गर्दै स्वास्थ्य पुर्वाधारको बृद्धि र स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेर ल्याएको छ ।

    कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न जोखिम भत्ताको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    नगर प्रमुख चित्रबहादुर कार्कीले महामारी लामो समयसम्म रहिरहने अवस्था रहेमा नगरपालिका भित्रै सञ्चालनमा रहेको कोभिड १९ अस्थायी अस्पतालमा आइसोलेसन कक्ष, दक्ष जनशक्ति, सुविधा र उपकरण थप गरी क्षमता विस्तार गरिने र कोरोना भाइरस विरुद्धको खोप सबै नगरवासीलाई उपलब्ध गराइने  बताए । उनको स्वास्थ्यसँगै शिक्षालाई बिशेष ध्यान दिएको बताए । उनले  शिक्षाको गुणस्तर वृद्धि गर्नको शिक्षक क्षमता र साधनस्रोत चाहिने भएको शिक्षकलाई ल्यापटप प्रदान गर्ने नीति रहेको वताए । उनले शिक्षकलाई प्रविधिमा ध्यान दिन लगाने,सालझण्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्ने, गर्भवती तथा सुत्केरी पोषण कोसेली कार्यक्रम, जेष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रममार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरूलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिने नगर प्रमुख कार्कीले बताए ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech