ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

राष्ट्रिय युवा संघ नेपालले राख्यो पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने म केही गर्छु ।

  • हजुरकाे पाेष्ट

  • काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट फिल्म कम्पिटिसन २०७८ शीर्षकमा हुने उक्त कम्पिटिसनमा लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग हुने अपेक्षा आयोजक संस्थाले गरेको छ । ‘प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान,प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन् ।’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
    युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।

    प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट [email protected] मा पठाइसक्नुपर्नेछ । यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई नगद पुरस्कार दिने आयोजक संस्थाले जनाएको छ । पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन् ।

    राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ ।

    कोभिड (१९ को विश्वब्यापी माहामारीको रोकथाम तथा नियन्त्रणका सन्धर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरणदेखिनै आफ्नो स्व्यंसेवी भूमिका प्रभाबकारी रुपमा संचालन गरिरहेको भन्दै अध्यक्ष किरण पौडेलले आम युवासरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उदेश्यप्रति संगठन कृयाशिल रहेको बताए ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech