ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

परोपकारी उधमशिलता  (Philanthropreneurship), हाम्रो अभ्यास
  • हजुरकाे पाेष्ट

  •  

    पृष्ठभुमि
    विगत केहि समय देखि मैले उधमी र व्यापारीको बिचमा भिन्नता हुन्छ कि हुदैन भनेर विभिन्न पुस्तक, लेख र परिभाषाहरुको अध्ययन गरिरहेको छु। उधमीहरु (Entrepreneurs) नाफा कमाउनुको साथै समाज, संस्कृति, वा सामाजिक अन्तरक्रियाबाट सृजित कर्तव्य र जिम्मेवारीबाट स्वतन्त्र हुन सक्दैनन भने व्यापारीले (Business person/Capitalist) भने नाफा मात्रै बनाउने उद्देश्यसाथ आफ्नो क्रियाकलाप गर्न सक्छन।

    विश्वभरि नै बजार अर्थतन्त्रले सिर्जना गरेका प्रभावहरु र यस बारेको अन्तरक्रियाले यो दशकमा हलचल ल्याएको छ। हार्वर्ड विश्वविधालयका प्राध्यापक माइकल जे सेण्डल वर्तमान बजार अर्थतन्त्र प्रणालीको एकजना कटु आलोचक हुनुहुन्छ। वहाँद्वारा लिखित पुस्तक  “पैसाले के किन्न सक्दैन” अहिलेको बजार व्यवस्थाले सबै चिजको मूल्य निर्धारण गरेर बिक्रीमा राखेको र यदि यो परिस्थितिमा सुधार नआउने हो भने हामी आफैले आफ्नो अन्त्य गर्ने समय धेरै नजिक छ, भन्नुहुन्छ । हामीले विवाह जस्तो पवित्र संस्थाको मुल्य निर्धारण गर्ने अभ्यास गरिरहेका छौ, सेरोगेट आमाको नाममा बच्चाको मूल्य निर्धारण आदि आदि। के सबै चिजको मूल्य निर्धारण गर्ने र सबै चिज बिक्रीमा राख्ने हो भने त्यसबाट निस्कने परिणाम के हाम्रो धर्म, परम्परा र सस्कृति अनुकुल होला।

    आजको यो लेखाइको उद्देश्य परोपकारी उधमशिलताको बारेमा हाम्रो समाजमा भए गरेका अभ्यास, अनुभवहरु साझा गर्नुका साथै तिनी कार्यहरुले समाजमा परेको सकारात्मक प्रभाव र ति कार्यहरुको निरन्तरता वा पुस्तान्तरणको बारेमा चर्चा गर्नु हो।

    परोपकारी उधमशिलतामा हाम्रो अभ्यास
    म जन्मेको हुर्केको ठाउमा मैले देखेको र अनुभव गरेको केहि त्यस्ता उदाहरणहरु छन् जसलाई आजको हाम्रो चेतले परोपकार संग जोड्दछ। मैले वहाँको बारेमा केहि शब्दहरु अर्पणगर्दा वहाँ प्रति सानो भएपनि सम्मान प्रकट गर्नुका साथै यस्ता परोपकारी कार्य गर्ने मनहरुमा उत्प्रेणा मिल्ने छ भन्ने अभिप्रायले निश्चित व्यक्ति र ठाउँको उल्लेख गर्न गएको छु।

    पहिलो अनुभव
    अर्घाखाँचीको पाणिनी गाउपालिका ५ स्थित बहखोर भन्ने ठाँउदेखि मननथुम भन्ने ठाँउसम्म लगभग एक किलोमिटर बढी बाटोको छेउमा सयौं आँपका ठुल्ठुला लटरम्म फलेका बोटहरु देख्न पाइन्छ आजका ति बोटहरु हिजोको त्यो समयमा जहाँ अहिलेको जस्तो धेरै सुविधाहरु उपलब्धता थिएन, न त नजिकमा प्रशस्तमात्रामा पानी थियो। कुनै विरुवा नभएको सुख्खा डाँडामा सयौं आँपका बिरुवा लगाउनु तिनको संरक्षण गर्नु हुर्काउनु सानो चुनौती अवश्य थिएन। ति हरिया बोटहरुको कारणले बाटोमा हिड्ने यात्रिहरुमा सौन्दर्य त थपेको छ नै साथै त्यसले लामो समयसम्म पार्ने सकारात्मक वातावरणिय प्रभाव त अमुल्य छ। बाटोमा हिड्ने जो सुकै यात्रीले आफुले चाहे अनुसार स्वतन्त्र रुपमा टिपेर मौषमी फलफूलहरु खान पाउनु र त्यसबाट प्राप्त हुने सन्तुष्टिले त्यस्तो परोपकारी व्यक्तित्व लक्ष्मण गैरेको सम्झना र सम्मान चिर काल सम्म रहने छ।


    दोश्रो अनुभव
    एकजना अत्यन्तै शालीन दानी व्यक्तिव हुनुहुन्थ्यो ध्रुव भुसाल वहाँको कर्मको सकारात्मक प्रभाव हामीले र आउने पुस्ताले पनी गर्नेछ। खेतमा काम गर्न जाने मान्छेहरुले शितल छहारीमा बस्न पाउन, फल फलेको बेला टिपेर खान पाउन भन्ने उद्देश्यले पाणिनी ५ स्थित रहका पिपल देखि फुटेका चौर भन्ने ठाउँ सम्म सयौं बिरुवा आँप रोप्नुभयो निरन्तर स्यार सुसार गरेर हुर्काउनु भयो। त्यो कर्म गर्नुमा कुनै स्वार्थ वा लोभ थिएन केवल परोपकारी भावना मात्र थियो। एकजना व्यक्तिले सयौं आँपका विरुवाहरु विना स्वार्थ रोप्नु, हुर्काउनु र दोश्रो पुस्तालाई सुम्पेर जानु आफैमा चानचुने कुरा होइन ।


    तेस्रो सुनेको अनुभव
    वि सं २०११ सालमा त्यो समय भन्दा पहिले पाणिनी ५ मा कुनै औपचारिक स्कुल थिएनन्। एकजना विद्वान जोगी ९योगीर साधक० आउनु भयो तर वहाँ कहाँ बाट आउनु भएको थियो भन्ने एकिन तथ्य कसै संग छैन। वहाँको आधिकारिक नाम के थियो भन्ने पनी एकिन तथ्य कसै संग छैन।
    त्यो बेलाको मैदान गाउँ पंचायतमा आएर औपचारिक रुपमा पहिलो विधालयको शुरुवात गर्नुभयो। आफैले विधार्थीहरुलाई पढ्नको लागि उत्प्रेरित गर्ने र पढाउने कामको शुरुवात गर्नुभयो साथै सामाजिक विकृति र विसंगतिहरुको विरुद्धमा आफ्ना विधार्थी हरुलाई सचेत गराउने काम गर्नु भयो जस्तै चुरोट सेवन निषेध गर्ने अभियान, वली प्रथाको अन्त्य गर्नुपर्छ जस्ता अभियान संचालन गर्नुभयो यधपी कति प्रभावकारी भए वा भएनन् त्यसको मूल्यांकन अर्को पाटो होला। यी उल्लेखित कर्ममा व्यक्तिगत रुपमा वहाँको कुनै लोभ र स्वार्थ देखिदैन। वहाँले शुरुवात गरेको स्कुल अहिले श्री कृष्ण उच्च मावि को रुपमा परिचित छ। म लगायत हजारौं विधार्थीहरु वहांको सो कर्मबाट लाभान्वित भए र भैरहेका छन्।


    चौथो सुनेको अनुभव
    एकजना परोपकारी व्यक्तित्व लोकमणि गैरे, जसले मनसुनको बेलामा खेतमा काम गर्न जान अप्ठ्यारो हुने भयो भनेर ठुलो काठलाइ धतिवांग भन्ने गाउँबाट खोलामा बगाउदै लिएर आउनु भयो खोला तर्न सजिलो होस् भनि बाँसका रुख भन्ने ठाउमा साँघु राख्नु भयो। संयौ मानिसले सो कर्म बाट लाभान्वित भए। वहांको अर्को पनी सम्मान योग्य कर्म छ, आफ्नो लगानीमा लगभग ३(४ किलोमिटर बाटो कुरुले देखि कुखुरे देउराली सम्म बनाउने काम गर्नु भयो जसबाट हजारौ यात्रीहरु लाभान्वित भए। जति सम्मान गरेपनि अपुग हुने परोपकारी मन, सधैं सम्झिने लायक, अनुशरण गर्ने लायक।


    उपरोक्त उल्लेखित अनुभव र घटनाहरु केवल प्रतिनिधि घटनाहरु मात्र हुन्। त्यो भन्दा कयौं बेसी दानी व्यक्तित्वहरु हाम्रो समाजमा हुनुहुन्छ। जसको न त चर्चा वा सम्मान गर्न सकेको छौं न त अनुशरण नै गर्न सकेका छौं। यति धेरै कुरा हरु सम्झिदा त्यो बेलाका समाजसेवीहरु जसलाई मैले देखेको छु, वहाँहरुले व्यक्तिगत सम्पति आर्जनमा भन्दा सेवा प्रतिको वजन बढी भएजस्तो मैले अनुभव गरेको छु।


    वर्तमान बजार अर्थतन्त्र प्रणालीमा प्रत्येक मानिस उद्यमगर्छ उधमबाट सृजित लाभ केवल आफ्नो र आफ्नो परिवारको सन्तुष्टिका लागि खर्च गर्दछ। सबै कुराहरुको किनबेच हुन्छ जुन नहुनु पर्ने हो र त्यसले के परिणाम दिन्छ भने जो संग धेरै पैसा छ उसले सबै खरिद गर्छ भने नहुने ले केहि पनी पाउदैन। आर्थिक विभेदको खाडल ठुलो हुन्छ।


    हाम्रो वर्तमान
    जब नेपालमा २०४६ सालमा एकदलीय पंचायती व्यवस्थाको अन्त्यगरी बहुदलिय शासन व्यवस्थाको थालनी हुनु र संसार भरि पुजिवादी अर्थ व्यवस्था पनी तिव्र गतिका साथ उच्च विन्दु तर्फ प्रस्थान गर्ने युग संयोगले लगभग एउटै भयो। बजार अर्थतन्त्रको विकास संगसंगै, आधुनिक रहन सहन, प्रविधि को तिव्र विकास, पूर्वाधारको तिव्र विकास जस्ता विकासका चेतनाहरु गाउँ गाउँ प्रवेश गरे। अलि पहिलेनै विकासको चेतना प्राप्त गरेका विकसित राष्ट्रहरु अलि व्यवस्थित विकास तर्फ उन्मुख भए भने हामीहरु हाम्रो परिवेश को अध्ययन भन्दा अरुको विकास मोडेल नक्कल गर्नेमा अभ्यस्त भयौ फलत हामीले अहिले नराम्रो संग प्राकृतिक प्रकोपको सामना गर्नु परिरहेको छ र यो त्योबेला सम्म रहने छ जबसम्म हामी हाम्रो परिवेश अनुसार आफुलाई ढाल्दैनौ।

    पूर्वीय सभ्यता, धर्म, संस्कृति, परम्परा जस्ता कुराहरु अत्यन्तै सम्वृद्ध छन्। जुन कुराहरुलाइ देखेर वा अध्ययन गरेर पश्चिममाहरु इर्श्या गर्छन। अहिले पनी हामिहरु घर बनाउदा छिमेकीहरुको सहयोग लिन्छौ र दिन्छौ, विभिन्न पुजा आजामा, विवाह वा केहि महत्वपुर्ण कर्म गर्दा सहयोगको लेनदेन गर्ने परम्परा छ। त्यसैले त हामीहरु यत्रो ठुलो महामारी, विभिन्न मौषममा आउने प्राकृतिक प्रकोप जस्ता घटनाहरुको सामना मिलेर गरिरहेका छौँ।

    हाम्रो समाजले कर्मलाई जहिले पनी सम्मान को नजरले हेरेको पाइन्छ। चाहे त्यो हिन्दु धर्मको नजरबाट होस् वा बुद्ध धर्मको नजरबाट होस् विना कर्म मानिसले कुनै पनी उद्देश्य प्राप्त गर्न सक्दैन तर कर्मबाट सृजित लाभ व्यक्तिगत सन्तुष्टिका लागि मात्र उपभोग हुनु हुदैन। हामीले गर्ने हरेक उधमबाट सृजित लाभको अंश परोपकारको रुपमा समाजमा वितरित हुनुपर्छ भन्ने नै हाम्रो परम्पराको मान्यता हो।

    वर्तमान बजार अर्थतन्त्र प्रणालीमा प्रत्येक मानिस उद्यमगर्छ उधमबाट सृजित लाभ केवल आफ्नो र आफ्नो परिवारको सन्तुष्टिका लागि खर्च गर्दछ। सबै कुराहरुको किनबेच हुन्छ जुन नहुनु पर्ने हो र त्यसले के परिणाम दिन्छ भने जो संग धेरै पैसा छ उसले सबै खरिद गर्छ भने नहुने ले केहि पनी पाउदैन। आर्थिक विभेदको खाडल ठुलो हुन्छ।

    त्यसैले केहि ठुला उधमिहरुले आफ्नो कर्मबाट सृजित लाभ समाजमा रहेका कमजोर वर्गको हितमा लगाउने परम्पराको विकास गरेका छन्, त्यसको अभ्यास भएको छ र समाजको कमजोर वर्गले लाभ लिएको पनी देखिन्छ। यस्तो कर्ममा अगाडी देखिने विल गेट्स र उनकी पुर्व पत्नी मेलिन्दाद्वारा सृजित लाभ उनीहरुको नामबाट निर्माण भएको फाउन्डेसन मार्फत संसार भरि परोपकारको लागि वितरण गरेको पाइन्छ। यस्तै कर्मलाई आजभोली परोपकारी उधमशिलता (Philanthropreneurship) भनि परिभाषित गरिन्छ ।

    अन्त्यमा
    एकातिर हाम्रो सम्पन्न परम्परा, सम्वृद्ध संस्कृति र यसको अभ्यास छ भने अर्को तर्फ संवेदनहीन बजार अर्थतन्त्र जसलाई हामीले नक्कल गरेका छौ। एकातिर हाम्रो दानी र त्यागी परम्परा जसको हामीले माथि उल्लेख गरि सक्यौ, अर्को तर्फ जसरि पनी धनको आर्जन गर्नु र व्यक्तिगत सन्तुष्टिको लागि त्यसको उपभोग गर्नु। एकातिर वातावरण र प्रकृति संरक्षणमा हाम्रो विरासत अर्को तर्फ हामीले विकासको नाममा गरेको प्रकृतिमाथिको अन्याय। हामीले के रोज्ने त्यो तपाई हाम्रो हातमा छ।

     

    गोपाल घिमिरे

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech