ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा
  • हजुरकाे पाेष्ट

  • ६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटरेवल पुलको बाँध बगाएको छ ।

    भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए ।

    तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् ।

    पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ ।

    शनिबार राति दुई बजेतिर दुई लाख ४७ हजार क्युसेक मापन गरिएको पानीको सतह बिहानैदेखि वर्ष रोकिएकाले घट्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

    बिहान ८ बजेतिर घटेर दुई लाख २३ हजार क्युसेकमा झरेको पानीको सतह अहिले दुई लाख १३ हजार क्युसेक पुगेको छ ।

    नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाले भने महाकाली र जोगबुढा नदीको पानीगाउँ पसेपछि दोधारा चाँदनी नगरपालिका-१० का करिब ७० घरमा क्षतिपुगेको जनाएको छ ।

    नेपाल रेडक्रस सोसाइटी दोधारा चाँदनी उपशाखाकी कार्य समिति सदस्य कोमल उपाध्यायले ८ परिवार पूर्णरुपमा विस्थापित भएको र कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ७० घर भित्र पानी पसेर आशिंक क्षति भएको छ ।

     

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech