ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

६३ अङ्कले घटेपछि शेयर बजार राताम्मे, कारोबार रकम १२ अर्ब रुपैयाँ पनि पुगेन
  • हजुरकाे पाेष्ट

  • ६ असार,काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६३ अङ्कभन्दा धेरैले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ ।

    आज बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ । यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको एक सय ६५, जलविद्युतको एक सय एक, फाइनान्सको ८०, माइक्रोफाइनान्सको एक सय १७, जीवन बीमा समूहको तीन सय १० र निर्जीवन बीमा समूहको दुई सय ७९ अङ्कले ओरालो लागेको छ । यस्तै  उत्पादन समूहको एक सय ४९, अन्यको ५१ र लगानी समूहको शेयर एक सय सात अङ्कले घटेको छ ।

    नेप्से घटेसँगै कारोबार रकम पनि झन्डै १२ अर्ब रुपैयाँमै सीमित भएको छ । दुई सय ३१ कम्पनीका दुई करोड ७३ लाख ४४ हजार कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    आज युनियन हाइड्रोको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि गुराँस फाइनान्सको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।

     

     

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech