ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

राष्ट्रिय युवा संघको ‘बाढी पहिरो पिडित सहयोग अभियानमा समाजसेवी भट्टराईद्वारा सहयोग

राष्ट्रिय युवा संघको ‘बाढी पहिरो पिडित सहयोग अभियान’: समाजसेवी भट्टराईद्वारा सहयोग

  • हजुरकाे पाेष्ट

  • काठमाडौँ, ६ असार । केही दिन अघि बाढी पहिरोमा परि मानविय तथा भौतिक क्षती भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालीकाका पिडितलाई सहयोगार्थ राष्ट्रिय युवा संघ नेपालले बाढी पहिरो पिडित सहयोग अभियान सञ्चालन गरिरहेको छ ।

    ‘जहाँ समस्या, त्यहाँ युवा संघ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै संघले विगतदेखी नै जनताको समस्यामा अग्रभागमा रही आफ्नो तर्फबाट आर्थिक, सामाजिक, राहत, वसोवास, औषधी उपचार, चिकित्कस परामर्सलगायतका जनमूखी कमदहरु चाल्दै आएको छ । यसै क्रममा संघले ६ दिन अघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पहिरो पिडितलाई सहयोगार्थ अभियानमा जोडिन नेकपा एमाले तेह्रथुम जिल्ला कमिटीका सचिवलाय सदस्य, समाजसेवी तथा व्यवसायी जगदिश भट्टराईले संघको माध्यबाट पिडितको लागि रु ५० हजार सहयोग गर्नुभएको छ ।

    संघका अध्यक्ष किरण पौडेललाई आज संघको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा समाजसेवी भट्टराईले उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो । मानविय सेवा नै धर्म भएकाले सेवाको भावनालाई बढाउँदै नेता भट्टराईले सहयोग गरेको बताउनुभयो । संघले चलाएको अभियान उदाहणीय भएको उल्लेख गर्दै आगामी दिनमा समेत निरन्तर सहकार्यको लागि प्रतिवद्धता समेत जनाउनुभयो । उक्त कार्यको लागि संघका उपाध्यक्ष तथा प्रदेश नं. १ को इन्चार्ज अञ्जना अधिकारीले समन्वय गर्नुभएको हो ।

    चेक बुझ्दै संघका अध्यक्ष पौडेलले संघले बाढी पहिरो पिडित तथा मृतकका प्रत्येक परिवारलाई आर्थिक सहयोग गर्ने अभियान चलाएको उल्लेख गर्दै सहयोगी दाताहरुको माध्यमबाट संघले पिडितलाई केहीमात्रामा भएपनि राहत महशुस गराउने बताउनुभयो । उक्त रकम सहित अन्य रकमहरु समेत व्यवस्थापन भइरहेको जानकारी गराउँदै अध्यक्ष पौडेलले जतिसक्दो चाँडो संकलित रकम पिडितलाई हस्तान्तरण गरिने समेत जानकारी गराउनुभयो ।

    यसअघि संघले करिव २० लाख बरावरको राहत सामाग्री, खाद्यान्न, टेण्ट, स्वास्थ्य समाग्रीलगायतका सामाग्रीहरु उक्त स्थापनमा सहयोग गरी सकेको छ ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech