ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु, सबै खर्च केन्द्र सरकारले ब्यहाेर्ने
  • हजुरकाे पाेष्ट

  • ७ असार,काठमाण्डाै – भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु भएको छ । यो अभियानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई नि:शुल्क खोप दिइने भारत सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई नि:शुल्क खोप लगाउन अभियान थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले ब्यहाेर्ने छ । निजी अस्पतालले भने कोरोना विरुद्धको खोपका लागि तोकिएको शुल्क तिर्नु पर्ने छ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा नि:शुल्क वितरण गरिने छ । भारतले यही वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । याे उमेर समूहमा ९० देखि ९५ लाख व्यक्ति रहेका छन् । अहिले हरेक दिन औसतमा ३० लाख नागरिकले खोप पाउने गरेका छन् ।

    यस हिसाबले यो जुन महिनासम्ममा ३० करोड नागरिकले खोप पाउने छन् । त्यसपछि लक्ष्य पूरा गर्न बाँकी रहेको ६ महिनामा १५० देखि १६० करोड डोज खोप लगाउनु पर्ने हुन्छ । यसका लागि हरेक दिन औसतमा ८० देखि ९० लाख डोज लगाउने पर्ने खबरमा उल्लेख गरिएको छ ।

    आउँदो जुलाई अन्त्यसम्ममा भारतले हरेक दिन एक करोड डोज लगाउने लक्ष्य राखेको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech