ब्रेकिङ

अर्घाखाँचीको शितगंगा नगरपालिका द्वारा घरमै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण

कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

छैटौं लियो देवदह हाफ म्याराथन सम्पन्न,पुरूषतर्फ तिर्थ पुन र महिलातर्फ राममाया बुढा प्रथम

पृथ्वीको नजिकैबाट गयो एउटा छुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलिविद्को भनाइ

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितिन्

सर्वोच्च अदालतद्वारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

१० माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

नेकपा माओवादी केन्द्रले ९९ केन्द्रीय समिति सदस्य थप्ने तयारी , ४० वर्षमुनिका युवालाई पहिलाे प्राथमिकता

महिलालाई ३५ प्रतिशत, दलितलाई १५ प्रतिशत र २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप्ने

  • हजुरकाे पाेष्ट

  • ७ असार, काठमाडौं
    नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ ।

    एमालेसँगको पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि माओवादी हाल नयाँ संगठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।

    संगठनबारे सुझाव संकलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताए । ‘नयाँ सदस्य थप्ने क्रममा ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिइने छ,’ उनले भने।

    केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत,र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा प्रभाकरले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए ।

    केन्द्रीय समितिमा क-कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । ‘प्रदेश कमिटीबाट सुझाव आउने क्रम जारी छ,’ नेता शर्माले भने, ‘यो काम आज (सोमबार) नै सकिन्छ होला ।’

    सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech