ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

नेताका सालिकदेखि संस्थासम्मलाई करोडौं बजेट नेतामुखी बन्दै प्रदेश सरकार ,जनता भने भाेकभाेकै बस्न बाँध्य ।

लुम्बिनी प्रदेशले ‘उत्तरकुमार वली सडक कार्यक्रमलाई एक करोड र नेता नेत्रलाल अभागीको नाममा घोराहीमा बन्ने रंगशालालाई रु.१५ करोड छुट्टायाे ।

  • हजुरकाे पाेष्ट

  • असार ७ काठमाडौं
    देशव्यापी निषेधाज्ञा, महामारीको दोस्रो लहरको पूर्वार्द्ध तथा तेस्रो लहरको सम्मुख र राजनीतिक तरलता बीचमा आएका प्रदेश सरकारका बजेटमाथि प्रदेशसभामा छलफल चल्दैछ । आकर्षक नारा राखेर ल्याइएका सातै प्रदेशका बजेटमा जनताभन्दा दलका नेता-कार्यकर्ता र उनीहरूका संस्थालाई खुशी पार्ने अनेक कार्यक्रम राखिएका छन् ।

    कोरोना महामारीलाई केन्द्रमा राखेर ल्याइएको भनिएका बजेटमा राजनेता पार्क, नेताका मूर्ति ठड्याउने र विपक्षी दलका नेताका नाममा पूर्वाधारको नामकरण गर्नेदेखि निर्वाचन क्षेत्रमा बजेट छर्नेसम्मका कार्यक्रमहरू प्रदेशका बजेटमा छन् ।

    यस्ता योजना ल्याउनेमा प्रदेश- १, प्रदेश-२ र वागमती प्रदेश सबभन्दा अगाडि देखिएका छन् ।

    प्रदेश-१ : राजनेता पार्क

    प्रदेश-१ को योजना अनुसार काम भयो भने आगामी वर्ष प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका क्षेत्रमा ‘राजनेता पार्क’ बन्नेछ । यसका लागि प्रदेश-१ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु.१ करोड बजेट छुट्याएको छ ।

    दमकमा भ्यूटावर, रंगशाला, औद्योगिक पार्कसहित अर्बौंका योजनाका चाङ लागेका छन् । चुरेको फेदी हुँदै जाने भनिएको मदन भण्डारी राजमार्ग पनि प्रधानमन्त्री ओलीकै गृहनगर दमकतर्फ सोझिएको बेला प्रदेश सरकार त्यहीं ‘राजनेता पार्क’ बनाउन कस्सिएको छ । यसका लागि दमक नगरपालिकाले जग्गा उपलब्ध गराउने बताइसकेको छ ।
    ‘राजनेता पार्क’ हालसम्म प्रधानमन्त्री भएका नेताहरूप्रति समर्पित गरिने प्रदेश-१ सरकारको भनाइ छ । यसअघिका दुई आर्थिक वर्षमा विराटनगरमा यस्तो पार्क बनाउने भनेर बजेट विनियोजन भएको थियो । विराटनगरले यसमा चासो नदिएपछि दमक रोजिएको हो । यो पार्कमा क-कसको सालिक/प्रतिमा बन्नेछ भन्ने तय भएको छैन । यद्यपि, अहिले एमालेको ओली पक्षीय कार्यकर्ताहरूले उनलाई ‘राजनेता’ भनिरहेकाले यो बजेट ओलीप्रति नै समर्पित देखिएको छ ।

    प्रदेश-१ को बजेटमा विभिन्न राजनीतिक घटना भएका स्थानमा स्मृति केन्द्र स्थापना गर्न पनि ५ करोड विनियोजन गरिएको छ । ‘संघर्षपूर्ण राजनीतिक विरासतलाई सम्झना र अभिलेख गर्न ऐतिहासिक भूमि ढुंगेसाँघु, छिन्ताङ, सुखानी र उर्लाबारीमा प्रेरणादायी स्मृति केन्द्र स्थापना गर्न ५ करोड रुपैयाँ विनियोजन गरेको’ बजेट वक्तव्यमा उल्लेख छ ।

    प्रदेश-१ सरकारले विभिन्न नेतामा नाममा खुलेका संघसंस्थालाई अनुदान बाँड्ने घोषणा पनि बजेटमा गरेको छ । रामप्रसाद राई, नारदमुनि थुलुङ, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, नोना कोइराला, भरतमोहन अधिकारी लगायतको नाममा खुलेका प्रतिष्ठान, फाउन्डेसन र स्मृति केन्द्रलाई अनुदान दिन ३ करोड छुट्याइएको छ ।

    प्रदेश-२ : सालिक बनाउन ६ करोड

    प्रदेश-२ सरकारले पनि अनुत्पादक क्षेत्रमा बजेट छर्न प्रदेश-१ लाई पछ्याएको छ । मधेश जनविद्रोह, जनआन्दोलन, जनयुद्ध लगायतका लोकतान्त्रिक योद्धाहरूको सम्मानमा स्मृति पार्क निर्माण गर्न प्रदेश-२ ले एक करोड बजेट विनियोजन गरेको छ ।

    प्रदेशसभा सांसदहरूलाई खुशी बनाउन ६४ वटै निर्वाचन क्षेत्रमा हरित पार्क बनाउन रु.१६ करोड बजेट छुट्याइएको छ । सबै निर्वाचन क्षेत्रमा पाँच किलोमिटर पक्की सडक बनाउन भन्दै रु.६७ करोड बजेट राखिएको छ । त्यस्तै, दुर्गानन्द झा, रामराजाप्रसाद सिंह र गजेन्द्रनारायण सिंहको सालिक स्थापना गर्न रु.६ करोड बजेट सुनिश्चित गरेको छ ।

    प्रजातन्त्र सेनानी देवनारायण स्मृति पार्कका लागि रु.२ करोड दिने घोषणा गर्दै बजेटले मधेश शहीद स्मारक पार्क निर्माण गर्न रु.१ करोड ७५ लाख दिने योजना पनि ल्याएको छ ।

    बागमती : हनुमान झुला र वैकुण्ठधाम मार्ग

    बागमती प्रदेश सरकारले ‘नेपालको राजनीतिक र सांस्कृतिक इतिहास जोगाइराख्न’ काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा संग्रहालय बनाउने योजना बजेटमा ल्याएको छ ।

    प्रधानमन्त्री ओलीले राम जन्मभूमि भनेको चितवनको अयोध्यापुरीमा वैकुण्ठ धाम मार्ग, अयोध्या बाटिका, राम-सीता उद्यान, हनुमान झुला (बाँदर खेल्ने उद्यान) लगायत निर्माण गर्न पनि बजेट छुट्याएको छ, वागमती प्रदेशले । निकुञ्जबाट खेदिएर माडीमा बस्ने ठाउँ नपाएका सुकुम्बासीबारे भने बजेट मौन छ ।

    दोलखाको चरिकोट अस्पताललाई ‘पशुपति चौंलागाई स्मृति अस्पताल’का रूपमा स्तरोन्नति गर्ने घोषणा बजेटले गरेको छ । कोरोना संक्रमणबाट गत महीना मृत्यु भएका एमाले नेता चौलागाईंलाई सम्मान दिन यो योजना ल्याएको प्रदेश सरकारले जनाएको छ ।

    यसअघि हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको वागमती सरकारले प्रदेशको सबै जिल्ला छुने गरी बनाउने भनेको प्रादेशिक लोकमार्गलाई पुष्पलाल चक्रपथ नामकरण गरेर रु.१ अर्ब २९ करोड बजेट छुट्याएको छ ।

    बजेटले नेपाली कांग्रेसका स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको नाममा सम्मेलन केन्द्र बनाउने घोषणा पनि गरेको छ । यसैगरी, माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको नाममा नामकरण गरिएको भीमफेदी-कुलेखानी सुरुङ मार्गका लागि रु.७५ करोड बजेट राखिएको छ ।

    वागमती प्रदेश सरकारले सांसदहरूलाई रिझाउने ‘प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम’लाई ‘स्वास्थ्य पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन र कोभिड पुनस्र्थापना साझेदारी’ कार्यक्रमको नाममा निरन्तरता दिएको छ । सांसदहरूको तजबिजीमा खर्च हुने यो कार्यक्रमका लागि रु.२ अर्ब ४२ करोड विनियोजन गरेको छ ।

    गण्डकी प्रदेशको बजेटमा पनि शहीदका नाममा प्रत्येक जिल्लामा एक-एक वटा पार्क बनाउने भनिएको छ । प्रदेशसभा सदस्यहरूलाई खुशी तुल्याउन ‘एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य’ कार्यक्रम घोषणा गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई पनि रु.७२ करोड विनियोजन गरेको छ ।

    सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरेका गण्डकी प्रदेशका नागरिकलाई प्रदेश सरकारबाट ‘विशिष्ट सम्मान’ दिन घोषणा पनि भएको छ ।

    लुम्बिनी प्रदेशले नेताका नाममा पूर्वाधार बनाउने घोषणा बजेटमा गरेको छ । प्रदेशभित्रका १२ जिल्लामा ‘उत्तरकुमार वली सडक सुरक्षा कार्यक्रम’लाई एक करोड बजेट दिएको छ । स्वर्गीय वली प्रदेश सभा सदस्य थिए । कम्युनिष्ट नेता नेत्रलाल अभागीको नाममा दाङको घोराहीमा बन्ने रंगशालालाई रु.१५ करोड बजेट दिएको छ ।

    त्यसैगरी, निर्वाचन क्षेत्र पूर्वाधार विकासमा आधारित स्वास्थ्य कार्यक्रमका लागि रु.५ करोड बजेट पनि सुनिश्चित गरेको छ ।

    उता कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले बजेटमा जनयुद्धकालमा बढी प्रभावित क्षेत्र प्राथमिकतामा परेको छ । कर्णालीले कालीकोटको पिली, रुकुमको खारा र जाजरकोटको जुनीमा युद्ध संग्रहालय बनाउने र अन्य स्थानहरूमा युद्ध पर्यटन प्रवर्द्धन गर्न बजेट छुट्याएको छ । शहीद प्रतिष्ठान र शान्ति पार्क बनाउने योजना पनि बजेटमा समेटिएको छ ।

    सुदूरपश्चिम सरकारले भने सांसदहरूलाई विकास गर्न पैसा दिनेबाहेक सोझै राजनीतिक उद्देश्य पूर्ति गर्ने खालका कार्यक्रम ल्याएको छैन । सांसदहरूले खर्च गर्ने प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि रु.९६ करोड विनियोजन गरेको छ ।

    भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएका गोविन्द गौतमको नाममा स्मृति पार्क बनाउने घोषणा भने बजेटमा गरिएको छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech