ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

माओवादी केन्द्रले नेकपा एमाले रोजेका पालिकाका जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा पत्र बुझायाे
  • हजुरकाे पाेष्ट

  • असार ७ काठमाण्डाै
    माओवादी केन्द्रले नेकपा विभाजनपछि एमाले रोजेका पालिकाका जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा पत्र बुझाएको छ । एमाले राेजेका माओवादी पृष्ठभूमिका पालिकाका १४ जनप्रतिनिधिलाई पदमुक्त गराउन माओवादी केन्द्रले विवरणसहित पत्र आयोगमा बुझाएको हो ।

    साेमवार बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारबाहीको पत्र बुझाएको छ ।

    यसअघि पार्टी त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । माओवादी केन्द्रले यसअघि पनि निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको भए पनि आयोगले केन्द्रीय कमिटीकाे बैठकले कारबाहीको निर्णय नभएको भन्दै पार्टी परित्याग गरेको सूचना जारी गरेको थिएन ।

    पार्टीबाट हटाइएका नेताकाबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै हिजो माओवादी केन्द्रका नेताहरू आयोगमा पुगेर ध्यानाकर्षण गराएका थिए ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech