ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

भरोसा
  • हजुरकाे पाेष्ट

  • भरोसा

    आकास गर्जियर कालो निलो हुँदा,
    गगनमा भयंकर टकरावले धर्ती डगमगाउँदा।
    आँधी चल्दा , बादलले सूर्य ढाकिंदा,
    मेघले असिना बर्साउँदा,बतासले रुख ढाल्दा।।१।।


    मिर्लिक्क मिल्किंदै , उग्र स्वरमा चिड्कनी पर्दा,
    उपाय केही नहुँदा, डरले शरीर हल्लिँदा।
    हरेस खाँदा, मुटुको धड्कन बन्द हुँदा,
    मेरि आमाले भनेको, म सानो छँदा।।२।।


    बाबू ! मेरो गुन्यूको टाहालो कहिले साथ नछुटाउनु,
    यसैले बचाउंछ, जस्तोसुकै आपत पर्दा।

    सोंचे जस्तो नहुँदा , आँटेका काम नबन्दा,
    दु:ख कष्ट आइलाग्दा, झेल्दा अनेकन फन्दा।।३।।


    सत्रु बढ्दा, व्यवहार लाग्दा, आफू निरीह बन्दा,
    हण्डर ठक्कर खांदा, नसप्रीदा कारोवार धन्दा ।
    ब्यादी, मुद्दा, रिण, दण्ड, दाग र कुदिन लाग्दा,
    घरमा बैमनष्यता हुँदा, आफन्ती पराया बन्दा।।४।।


    शक्ति कमजोर हुँदा,अरु सवै आँफूमा खनिंदा,
    एक्लो हुँदा, अलात्र पर्दा, प्रतिष्ठामा आँच आउँदा।
    हार्दा, भाग्दा, अन्यायमा पर्दा,घेरिंदा अनि लखेटिंदा,
    लड्दा,चोट खाँदा, जस्तोसुकै आपत पर्दा ।।५।।


    मेरा बाले भन्नुभाको, म सानो छँदा
    हरेस कहिल्यै नखानू।असत्यमा कहियै नलाग्नू।
    धैर्यता र आत्मवलनै संसार जित्ने शक्ति हो,
    सत्यको जित अवस्य हुन्छ।।६।।


    घेरो च्यातिएको मेरो मैलो टोपी साथमै राख्नू,
    म छु नि तँलाई पर्दा!के गरुँ के नगरुँ?मनमा दोधार हुँदा।
    केही गरुंँ भन्दा गर्नी कुरै केही नपाउँदा,
    यो गर् त्यो गर् भन्ने अर्ति हजार सुन्दा सुन्दा।।७।।


    मनले हिम्मत नजुटाउँदा, अनिर्णयको बन्दी बन्दा,
    खुवी हराउँदा, शरीर झोंक्रायर लज्जावती बन्दा।
    अरुले केही गर्दैन, योत हुतिहारा हो भन्दा,
    आँखा चिम्लनु, मनलाई माथमा एकाग्र गर्नु।।८।।


    गोलियको मष्तकले छाती तिर फर्कियर मनलाई प्रश्न गर्नु,
    आंँफूभित्रको तागत हेर्नू, क्षमता नियाल्नु।
    महापुरुषहरु सम्झनु रअलौकिकताको हृदयंगम गर्नु,
    यो सानो दुनियाँमा आँफूलाई माथी राखेर हेर्नू।।९।।


    अनि मात्र भेटिन्छ लक्ष्य किन हरेस खानू,

    हातमा ठेला उठेका , कुर्कुच्चा चिरा परेका।
    काँध फुटेका र तालु दामृएका मेरा बा ,
    पसिनाले जिउ भिजेको कपाल लट्टा परेकी।।१०।।


    संसारकै उत्तम मेरि आमा वात्सल्यले भरियकी,
    यीनको परिश्रमले संघर्ष सिकायो,गरिविले जीवन बुझायो।
    निष्कपटताले सत्य चिनायो,स्वाभिमानले भरोसा दिलायो,
    को कहाँ ,कहिले जन्मिन्छ गौंण हो त्यो कुरा।.११।।


    आफ्नै आर्जनले मात्रै हुने हो जीवन पूरा,

    दिनेहरुका सुझाव आफ्नै अनुभव हुन्।
    देख्नु र सिक्नु यी पनि भैसकेकै पुरानै हुन्,
    सुन्नु पढ्नु यी त कसैका निरन्तरतानै हुन्।।१२।।


    चमत्कार र महान त त्यो हो आँफै सोंच्दछ जुन्,
    सल्लाह, सुझाव र अनुभवले सामान्य काम गराउँछ।
    सोँच, खोज र अठोटले आविष्कार र सृजना जन्माउँछ,
    त्यसैले आफू भन्दा महान दुनियाँमा कोहि छैन।।१३।।


    आफू प्रतिको भरोसाले कहिल्यै धोका दिंदैन,
    आफै प्रतिको बिस्वासले कहिल्यै बदला लिंदैन।
    ब्राह्मण्डमा धेरै कुरा छन् जित्नका लागि ,
    सोंचेकै छैनन् अरुले कहाँ हिँड्नु सुझाव मागी?।।१४।।


    ग्रह नौ भन्दा धेरै अनेकौं होलान्,
    प्राणी मान्छे जस्तै अन्य लोकमा पनि होलान्।
    मान्छेलाई हजार वर्ष बचाउँन सकिएला,
    मनले सोंचेको कुरा यन्त्रले बताईदेला।।१५।।


    मूर्तिमा प्राण वायु भरियलान्।यमराज दङ्ग पर्लान्,
    पाइप बिनै समुद्रको पानी मरुभूमिमा झर्लान्।
    कुलै बिना सिंचाइ होला चाहियको ठाउँमै वर्षा,
    वायुमण्डलमा भेटिएलान् ईतिहास सवै बिगतका ।।१६।।


    धर्तिका आधा मान्छे अन्त कतै बसाइं सर्लान्,
    अहिले अन्तर्देस जस्तै अन्तर्ग्रह आईजाइ गर्लान्।
    यी सबै क्षमता आफूभित्रै छन् इछ्या गरे निस्कन्छन्,
    भित्रको म जस्तो गरायो उस्तै देखिन्छ बाहिरी पन्।।१७।।


    विश्व विजयी आत्मवल आफै संग त छ,
    जित्नेको सवथोक हो भाग्छन् सारा आपत।
    दुनियाँले पछ्याउँने बन्छ आफ्नै तागत,
    टाहालो , टोपी र म अनुपम सत्य भरोसा।।१८।।

    नरबहादुर घर्ती

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech