असार ७ बुटवल,
सिद्धवावा हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवललाई नेपाल सरकार सचिव स्तरको निर्णयअनुसार विपन्न नागरिकको लागि हेमाेडायलासिस सेवा प्रदान गर्नको लागि सूचीकृत गरेको छ।
विगत चार वर्षदेखि पश्चिम क्षेत्रको मुटु बुटवलमा अवस्थित सिद्धवावा हस्पिटल प्रालिले हेमाेडायलासिस सेवा तथा विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको थियो ।
यो हस्पिटलले बिरामीकाे मागलाइ मध्यनजर गदै विभिन्न सेवाहरू थप गर्दै अाएकाे छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अाज गराएको जानकारी अनुसार आफुहरु विपन्न नागरिकलाई हेमाेडायलासिस सेवा प्रदान गर्नको लागि सूचीकृत भएको जानकारी गराउँदै हस्पिटलका अध्पक्ष तथा बरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर शक्ति बस्नेतले नेपाल सरकारको मापदण्ड अनुसारका विरामीहरुलाई हेमाेडायलासिस सेवा प्रदान गर्ने बताउनुभयो ।
साथै सिद्धवावा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले विशेषज्ञ सहितका अन्य सेवाहरुलाई पनि परिष्कृत र परिमार्जित गर्दै अगाडि लैजानुका साथै बिरामीहरूको अावश्लायकताई मध्यनजर गर्दै आफूहरू अगाडि बढ्ने जानकारी गराउनुभयो ।