ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

फर्साटिकर माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्यामा अत्याधिक वृद्दी ,केही दिनमै भर्ना राेकिने

अभिभावककाे राेजाइ बन्दै फर्साटिकर मा.वि

  • हजुरकाे पाेष्ट

  • असार ८ रूपन्देही
    नयाँ शैक्षिक सत्र सुरु भएसँगै असार १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान थालिएको छ । भर्ना अभियान सुरु भएको तिन दिनमै फर्साटिकर माध्यमिक विद्यालयमा नयाँ
    भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ ।

    कोरोना महामारीको प्रभावका कारण सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढिरहेको उनीहरूको भनाइ छ ।
    कोरोना महामारीका कारण व्यापार, व्यवसाय सबै ठप्प हुँदा धेरै अभिभावकको आयस्रोत पनि बन्द भएको छ । यस्तो अवस्थामा पनि निजी विद्यालयले अनलाइन कक्षाका नाममा लिने महंगो शुल्क र पढाइको प्रभावकारिता नदेखिँँदा सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको अभिभावकहरू बताउँछन् ।

    अहिले विद्यालयले विभिन्न विधिमार्फत भर्ना गरिरहेकाे छ । विद्यालय आएर भर्ना गर्न सक्नेलाई भौतिक दुरी कायम राखेर भर्ना लिने, अनलाइनबाट, फोनबाट समेत भर्ना लिइरहेकाे हुँदा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक देवराज पाैडेलले जानकारी दिए ।

    कोरोनाको कारण व्यापार, व्यवसाय, रोजगार, मजदुरी सबै ठप्प हुँदा अभिभावक आर्थिक संकटमा परेका छन् । अब उनीहरूले मासिक महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन सक्ने सम्भावना छैन ।
    त्यसैले सामुदायिक विद्यालयको खोजी बढेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नर बहादुर घर्तीकाे भनाइ रहेकाे छ । त्यस्तै सामुदायिक विद्यालयले लकडाउन, निषेधाज्ञामा पनि संस्थागत विद्यालयभन्दा व्यवस्थित वैकल्पिक माध्यमबाट कक्षा चलाएकाे कारण पनि सामुदायिक विद्यालयतर्फ अभिभावकहरू आकर्षित हुन थालेको शुद्दाेधन गाउँ पालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कडेलले जानकारी दिए ।

    उनी भन्छन्, ‘लकडाउन, निषेधाज्ञाको समयमा केही सामुदायिक विद्यालयहरूले उत्कृष्ट काम गरे । जसको कारण सामुदायिक विद्यालयप्रतिको धारणा अहिले सकारात्मक बन्दै गइरहेको छ ।’
    फर्साटिकर माध्यमिक विद्यालयमा अहिले साधारण तथा प्राविधिक धारमा पढाइ हुदै अाएकाे छ । प्राविधिक धारतर्फ विद्यार्थीकाे अाकर्षण बढिरहेकाे हुँदा केही दिनमै विद्यार्थी भर्ना अभियान राेक्न बाध्यँ हुने इन्चार्ज इ.नवसुजित भण्डारीले जानकारी दिदै भर्ना हुन इच्छुक विद्यार्थीहरूले समयमै भर्ना भइ सिट सुरक्षित राख्न अाग्रह गरे ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech