ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै
  • हजुरकाे पाेष्ट

  • असार ८ काठमाडौं
    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    कामचलाउ प्रधानमन्त्रीले पटकपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका भन्दै परेको रिटमाथि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र न्यायाधीस प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा सुनसवाइ हुन लागेको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसयायीले मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। रिट निवेदकले कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु असंवैधानिक भएको दाबी गर्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् ।

    सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले जेठ १५ गते मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन विपक्षीलाई आदेश दिएको थियो ।

    इजलासले पुनर्गठन विरुद्ध अन्तरिम आदेश जारी गरेमा पछिल्लोपटक गरिएको पुनर्गठन रद्ध हुनेछ । यसअघि सांसदबाट मुक्त भएका सात जना मन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चले बदन गरेको थियो ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech