असार ८ बुटवल ,
सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बुटवलमा १०२ बर्षिय बृद्धाको प्रोस्टेटको सफल उपचार भएको छ कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ४ का १०२ बर्षिय
लालमणि न्यौपानेकाे मेडिकल कलेजमा उपचार सम्भव नभएपछि असार ७ गते बुटवलस्थित सिद्धबाबा हस्पिटलमा ल्याइएको थियो ।
लामो समयको प्रयासपछि पाइपबाट पिसाब निकाल्न सफल भएको युरोलोजिस्ट डा. सुवास चाैधरीले बताए।
केही दिनदेखि पिसाब फेर्न समस्या भएको र ७ गते बुटवलका विभिन्न हस्पिटलमा उपचार गर्न लगेको तर त्यहाँ उपचार सम्भव नहुँदा बिरामीको अवस्था झन् पछि जटिल हुदै
गएपछि सिद्धवावा हस्पिटलमा ल्याइ उपचार गर्दा उपचार सफल भएको बिरामीका आफन्तले बताएका छन् ।
उपचारमा मुत्रराेग बिशेषज्ञ डा.सुवास चाैधरी,डाक्टर पुजन ज्ञवाली र डाक्टर हिमाञ्चल अधिकारीको टिम रहेको थियो ।
उक्त टिमले लामो समयपछि पाइपबाट पिसाब निकाल्न सफल भएको डाक्टर सुवास चाैधरीले बताए ।
साथै १०२ बर्षका बृद्धकाे सफल उपचार गर्न पाएकाेमा अाफुलाइ खुसी लागेकाे उपचारमा संलग्न डाक्टरहरूकाे प्रतिक्रिया रहेकाे थियाे ।