ब्रेकिङ
अाज थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्‍यु
  • हजुरकाे पाेष्ट

  • पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

    ८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech