ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

निषेधाज्ञा खुकुलो भएसँगै थप सावधानी अपनाउन डाक्टरको आग्रह
  • हजुरकाे पाेष्ट

  • ९ असार,काठमाण्डाै – कोरोना भाइरसको नयाँ म्युटेशन देखा परेकै बेला निषेधाज्ञा खुकुलो भएकाले थप सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका हुन् । निषेधाज्ञा खुकुलो भएसँगै सडक बजारमा चहलपहल बढेकाले यात्रा तथा किनमेल गर्दा र कार्यालयमा काम गर्दासमेत विशेष ध्यान दिन डाक्टरको सुझाव छ ।

    निजामती कर्मचारी अस्पतालका कोभिड फोकलपर्सन डाक्टर सुमनबाबु मरहट्ठाले अहिले देखिएको डेल्टाको नयाँ भेरियन्ट धेरै संक्रामक रहेकाले सावधानी अपनाउन आग्रह गरे। उनले सामान किन्न पसल जाँदा ग्राहक र व्यवसायी दुवैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने तथा बेलाबेला सेनिटाइजर प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डको ख्याल गर्नुपर्ने बताए ।

    यस्तै कार्यालय जाँदा र भिडभाड हुने ठाउँमा निस्किँदा पनि सावधानी अपनाउन उनकाे आग्रह छ । सडक बजारमा निस्कने बेलामा मात्रै नभएर घर र कार्यालयमा रहँदा पनि स्वास्थ्य मापदण्ड पालना गर्न उनकाे जोड छ । घर र कार्यालयमा रहँदा मास्क लगाउन तथा भौतिक दूरी पालना गर्न पर्दैन भन्ने गलत मानसिकता रहेको भन्दै उनले हावा ओहोरदोहोर गर्ने कोठामा बस्न आग्रह गरेका छन ।

    कोरोना भाइरसको नयाँ स्वरुप देखिएको अवस्थामा निषेधाज्ञा खुकुलो भएकाले यसमा सावधानी अपनाउन नसके कोरोनाको तेस्रो लहर फैलिन सक्ने विज्ञको चेतावनी छ । केही दिनअघि मात्रै नेपालमा कोरोनाको ‘डेल्टा भेरियन्ट’ को ९ वटामा परिस्कृत रुप भेटिएको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले यो भाइरस बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने भएकाले सचेत रहन र जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech