ब्रेकिङ
लुम्बिनी प्रदेश सभा बैठक बस्दै नबसी स्थगित
  • हजुरकाे पाेष्ट

  • ९ असार रुपन्देही । लुम्बिनी प्रदेश सभाको आज (बुधवार) को बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि असार १ गते प्रस्तुत भएको बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेश सभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो ।

    आज पनि विपक्षी दलहरूले बहिष्कार गर्ने भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । आठौँ अधिवेशनको १० औँ बैठक विशेष कारणले स्थगित भएकाले सभामुखको निर्देशनअनुसार आउँदो २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech