ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

दुबईबाट २ सय ७० जना बोकेर जहाज नेपाल उड्यो, टिकट काटे पनि जरिवाना तिर्न नसक्दा ३ जना यतै रोकिए
  • हजुरकाे पाेष्ट

  • ९ असार काठमाण्डाै। कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि समस्यामा परेका नेपाली बोकेर संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड विमान नेपाल उडेको छ ।

    यूएईको दुबईबाट बुधबार दिउँसो पाँच नेपालीको शवसहित २ सय ७० जना बोकेर नेपाल एयरलाइन्सको वाइड बडी जहाज काठमाण्डौ उडेको हो ।

    बुधबारकाे उडानमा २ सय ३७ पुरुषसहित २८ जना महिला, ३ जना बालबालिका र २ जना शिशु गरी जम्मा २ सय ७० जना नेपाल फर्किएका हुन् ।

    बुधबार फर्किएका धेरै जसो यूएईमा जागिर गुमाएका, भिजिट भिसामा आएर यतै अड्किएका, करार अवधि सकिएका, अत्यावश्यक कामले नेपाल फर्कनु पर्ने व्यक्तिहरू, बिरामी एवं सुत्केरी महिला छन् ।

    उडानमा विभिन्न कारणले यूएईमा ज्यान गुमाएका ५ जनाको शवसमेत लगिएको छ । यूएईमा ज्यान गुमाएका स्याङ्जाका लोकबहादुर मगर र रोशबहादुर आले, नवलपरासीका सोमबहादुर गुरुङ र खडकबहादुर थारु र सिन्धुपाल्चोकका साङ दोर्जे शेर्पाको शव नेपाल लगिएको नेपाल एयरलाइन्स यूएई शाखाले जनाएको छ ।

    बुधबारकाे उडानमा टिकट काटेका ३ जना पुरुष ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा जान पाएका छैनन् ।  टिकट रद्द गरेर प्रतीक्षा सूचीमा राखेका अन्य ३ जनालाई तत्कालै टिकट प्रदान गरेर उडान भरिएको जनाइएकाे छ ।  ५० जना भन्दा धेरैको अध्यागमन सम्बन्धी समस्या भएकाले जहाज तोकिएको समयभन्दा झण्डै १ घण्टा ढिला गरी उडेको हो ।

    नेपाल फर्किएका सबैले कोरोना परीक्षणको बारकोड सहितको प्रमाणपत्र साथमा लिएर फर्किएका हुन् । नेपाल एयरलाइन्सको अर्को उडान जुन ३० मा हुने बताइएकाे छ ।

    नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि गएको वैशाख २३ गतेमध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । उडान रोक्दा घर फर्कन टिकट हातमा लिएका यात्रुसमेत यूएईमै रोकिएका थिए । कतिपयले उच्च जोखिम मोल्दै दुबई दिल्ली हुँदै पनि यात्रा गरिसकेका छन् । युएईमै अड्किएका कतिपय श्रमिकको भने भिसा अवधिभन्दा धेरै बसेकाले ओभरस्टे बापतको जरिवाना पनि सुरु भइसकेको छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech