असार १०,रौतहट
रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा पूर्वमन्त्री प्रभु साह र अन्य दलका कार्यकर्ताबीच झडप भएको छ ।
पाँचौं नगरसभा चलिरहेको बेलामा प्रभु साह पक्षधर एमाले कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरुबीच ढुंगामुढा भएको हो ।
नगरसभामा बजेट पेश गर्ने र त्यसको विरोध गर्ने विपक्षी बीच झडप हुँदा झडपमा परेर ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाइते प्रहरीको टाउको र हातमा चोट लागेका कारण उनीहरुलाई उपचारको लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ । प्ररहीले झडप रोक्न १० राउण्ड अश्रु ग्यांस प्रहार गरेको छ ।
मौलापुरमा साहकी श्रीमती रिनाकुमारी साह नगर प्रमुख रहेकी छिन् । नगरसभाको प्रमुख अतिथि प्रभु साह थिए । साह केही महिना अघि माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका थिए ।