ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

प्रधानमन्त्री र राष्ट्रपतिको अहंकारले देश संकटमा फसेकाे नेता शेरबहादुर देउवाकाे अाराेप

आफुले प्रधानमन्त्री माथि गरेको दावीलाई अस्वीकार गरेर राष्ट्रपतिले लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेकोआरोप

  • हजुरकाे पाेष्ट

  • असार १० काठमाडौं
    नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले देशलाई संकटतर्फ धकेल्ने काम भएको बताएका छन् ।

    पाँच विपक्षी गठबन्धनका शीर्ष नेताहरुद्वारा मिडियाका सम्पादहरुसँगको अन्तक्र्रियामा सभापति देउवाले प्रधानमन्त्रीको अहंकार र त्यसलाई साथ दिने राष्ट्रपतिको कदमका कारण देश संकटको भूमरिमा पुगेको जिकिर गरेका हुन् ।

    देउवाले प्रतिनिधिसभा विघटनले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको बताए । ओलीको कारण संविधान संकटमा परेको जिकिर गर्दै उनले भने, ‘दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खोज्ने काम भएको छ । यसले मुलुकलाई संकटमा धकेल्ने काम भएको छ । यसविरुद्ध संघर्षमा उत्रनु आवश्यक भयो ।’

    आफुले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई अस्वीकार गरेर राष्ट्रपतिले लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेको पनि उनले आरोप लगाए । संविधान, लोकतन्त्रको रक्षाका लागि नागरिक समाज, बुद्धिजीवि वर्गको सहकार्य आजको आवश्यक रहेको देउवाले बताए ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech