११ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजसंस्था पुनःस्थापनाको नेतृत्व गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आग्रह गर्नुभएको छ । प्रचण्डले राष्ट्रपति भन्दा राजनै ठीक रहेको अभिव्यक्ति दिएपछि थापाले यस्तो आग्रह गर्नुभएको हो ।
थापाले भन्नुभएको छ, ‘प्रचण्डजीले सहि ठभन्नु भयो।हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं। यो असल कामको पहल गर्नुहोस्।’