ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

आइतबारदेखि हप्तामा तीन दिन श्रम स्वीकृति लिन सकिने
  • हजुरकाे पाेष्ट

  • असार ११ काठमाण्डौ
    वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

    कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ ।

    व्यक्तिगत श्रम स्वीकृति तर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरूलाई अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन अनुरोध गरिएको छ ।

    बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनै पर्ने बाहेक अन्यलाई भौतिक रूपमा उपस्थितिमार्फत विभागले सेवा प्रदान नगर्ने जनाएको छ ।

    निषेधाज्ञा केही खुकुलो भए पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले अझ सतर्क हुन आवश्यक भएको भन्दै विभागले अनलाइनबाट हुने काममा लागि भौतिक रूपमा उपस्थित भई भिडभाड नगर्न अनुरोध गरेको छ ।

    कोरोनाको दोस्रो लहर सुरु भएपछि गएको वैशाख २४ गतेदेखि विभागले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा रोकेको थियो । तर अन्तर्राष्ट्रिय उडानमा सरकारले सहज गरेसँगै यसअघि हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech