ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस र शपथ खुवाउनुलाई बदनियतको हद नाघेकाे ,वरिष्ठ अधिवक्ता अर्यालकाे टिप्पणी
  • हजुरकाे पाेष्ट

  • संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस  र  शपथ खुवाउनुलाई बदनियतको हद नाघेकाे ,वरिष्ठ अधिवक्ता अर्यालकाे टिप्पणी

    ११ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले सरकारले अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरिएको र संसदीय सुनुवाइविनै शपथ खुवाउनुलाई बदनियतको हद भनेका छन् । उनले संविधान कहाँ गयो भनेर प्रश्नसमेत गरेका छन् ।

    सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै अर्यालले सबै कोणबाट बदनियत राखेर प्रधानमन्त्रीले शासन गरिरहेको बताए ।

    उनले भने, ‘बदनियतको पनि हद हुन्छ नि । मन्त्रिपरिषद बिस्तारमा पनि मनपरि । सर्वोच्चले रोकेपछि अहिले आएर ५ जनाले कसरी चलाउनु रे । अझ संविधानको पालना गर्दै अगाडि बढेको रे । संविधान मान्न प्रतिनिधि सभा विघटन गरेर राष्ट्रिय सभाको अधिवेशन बोलाएको रे ।’

    उनले कामचलाउ भए पनि बहुमत पाएर नयाँ सरकार चलाउन सुरु गरेजस्तो गरेको बताए ।

    संविधानको धारा ७६(५) को ब्याख्या गरेर मात्रै नहुने भन्दै उनले राष्ट्रपतिबाट समेत संविधानको उल्लंघन हुने गरी भएको निर्णय बदरको आदेश जारी गर्न पनि माग गरे ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech