१२ असार, झापा । दमक नगरपालिका-१० का ६५ वर्षीय व्यक्तिलाई २६ जेठमा कोरोना भाइरसको संक्रमण देखियो । सामान्य लक्षण त थिए, तर उनी अस्पताल गएनन् । होम आइसोलेसनमै बसिरहेका बेला उनलाई फोक्सो सम्बन्धी समस्याले च्याप्दै गयो।
वडा सदस्य बोधराज न्यौपाने भन्छन्, ‘उहाँले मदिरा पनि सेवन गर्नुहुन्थ्यो, समस्या भएपछि पनि अस्पताल जानु भएनछ ।’ आइसोलेसनमै बसेका बेला आइतबार उनको मृत्यु भयो ।