ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१५ बर्षदेखि परिकल्पनाको रूपमा रहेको कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाले आजबाट मूर्तरूप पायाे।

कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तु सिँचाई पुर्‍याउने लक्ष्य

  • हजुरकाे पाेष्ट

  • असार १२,बुटवल
    कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पुर्‍याउने मुख्य उद्देश्यका साथ परिकल्पना गरिएको कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको काम अगाडि बढाईएको छ । आयोजनालाई मुर्तरुप दिन आजदेखि बुटवलकाे कालिकानगरमा आयोजनाको कार्यालय स्थापना गरिएको छ । आजबाट संचालनमा आएको कार्यालयको संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उदघाटन गरेका छन् ।

    शनिबार बुटवलमा कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले १५ बर्षदेखि परिकल्पनाको रूपमा रहेको आयोजनाले आजबाट मूर्तरूप लिन लागेको जानकारी दिए।

    मन्त्री पौडेलले परियोजनालाई व्यवस्थित रूपमा अघि बढाउन कार्यालयको स्थापना गरिएको बताउँदै कालिगण्डकीको पानी तिनाउमा ल्याउने कुरा अब सपनाको कुरा नरहेको बताए । उनले परियोजना मुलुककै लागि खुशी र गर्वको कुरा भएको दाबी गरे ।

    उनले परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

    आयोजनाको प्रमुख उद्देश्यमा कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पुर्‍याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने रहेको छ ।

    रुपन्देही र कपिलवस्तुको सबैभन्दा ठूलो जलस्रोत मानिने तिनाउ नदीमा पानीको सतह घट्दै गएपछि तिनाउ नदीको सभ्यता, सिंचाई र तराईमा भूमिगत जलस्रोतको संरक्षणका लागि हाल उपप्रधानमन्त्री रहेका पौडेलले निर्वाचनका बेला डाईभसनको परिकल्पना गर्दै घोषणापत्रमा समावेश गरेका थिए ।

    कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई मुख्य आधार मान्दै यस अघि नै नदी किनारामा सडक निर्माण गर्न तिनाउ दानव करिडोर आयोजनाको काम अघि बढाईएको छ भने डाइभर्सनपछि तिनाउ नदीमा पानीको सतह स्वतः बढ्ने भएकाले दुवै नदीहरुको तटबन्ध सहित नदी किनारामा ब्यवस्थित सडक निर्माणको काम समेत अघि बढाइएको छ ।

    बुटवलमा आजबाट संचालनमा आएको कार्यालयले यो बर्षभित्र सक्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ । कार्यालय स्थापनाको उद्देश्य मूलतः यो परियोजनाको डिपीआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताए । आगामी एक बर्षभित्र डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको आयोजना प्रमुख कैनीले बताए ।

    यसअघि काठमाडौंस्थित हाइड्रो कन्सल्ट जेभीले कालिकगण्डकी(तिनाउ डाईभसैन आयोजनाको पूर्व–सम्भाव्यता अध्ययन गरिसकेको छ । पूर्व–सम्भाव्यता अध्ययनले राम्दीखोलाको पुलभन्दा केही माथिबाट हेडबक्स बनाउनुपर्ने देखाए पनि गुण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गरुनले चर्को विरोध गरेपछि परियोजनामा अन्योलता बढेको थियो ।

    सुक्दै गएको तिनाउमा पानीको मात्रा बढाउने उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ । तिनाउमा अहिले पानीको मात्रा निक्कै कम छ । विकसित हुँदै गएको बुटवल र बढ्दो जनसङ्ख्याका कारण तिनाउ नदीमा पानीको पुनःसञ्चितीकरणका लागि एक मात्र विकल्प कालिगण्डकी डाइभर्सन नै रहेको विज्ञहरुको भनाइ छ ।

    जल तथा सिँचाइ विभागले राखेको तथ्याङ्कअनुसार अघिल्लो वर्ष बाढी आउँदा पनि तिनाउमा जम्मा ८० घनमिटर प्रतिसेकेण्ड पानी बग्यो । हिउँदमा १ देखि २ घनमिटर प्रतिसेकेण्डसम्म पानी रेकर्ड हुने गरेको छ जब कि सन् १९८८ मा वर्षातमा सबैभन्दा बढी ४६५ र सुख्खायाममा १०४ घनमिटर प्रतिसेकेण्ड पानी रेकर्ड गरिएको थियो ।

    राष्ट्रिय सिँचाई गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्येको एउटा परियोजना हो कालिगण्डकी(तिनाउ डाईभर्सन । गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई २७ र ३ किलोमिटरका दुइ वटा सुरूङमार्फत तिनाउ नदीमा खसालिने छ ।

    सिँचाई विभागका अनुसार कालीगण्डकीबाट तिनाउमा अन्तरजलाधार स्थानान्तरण गरी विद्युत् निकाल्ने र ट्रेलकेस अर्थात् विद्युत् उत्पादनमा प्रयोग भई बगेको पानीलाई सिँचाईमा प्रयोग गरिने गरी परियोजनाको डीपीआर बन्नेछ ।

    स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिने बताईएपनि गण्डकी प्रदेश सरकारले यो परियोजनाको बिरोध जनाईसकेको छ । स्याङ्जा, पाल्पा र गुल्मीका धेरै स्थानमा सिंचाई सुबिधा दिंदै आएको कालिगण्डकी तिनाउमा डाईभसैन गर्दा त्यस क्षेत्रको सिँचाईमा आघात पुग्ने भन्दै गण्डकी प्रदेश सरकारले परियोजनामा असहमती जनाउँदै आएको छ ।

    आयोजनाको लक्ष्य अनुसार २७ किलोमिटर सुरूङमार्फत दोभानमा १ सय मेघावाट विद्युत उत्पादन हुनेछ । दोभानमा विशाल जलासय निर्माण गरेर केही भाग पानी तिनाउ नदीमा बगाइनेछ भने त्यहाँबाट बुटवलको बेलवाससम्म ३ किलोमिटर लामो सुरूङमार्फत अर्को विद्युत गृह निर्माण गरी २६ मेघावाट विद्युत उत्पादन गरिनेछ । त्यसरी बेलवास पुगेको पानीलाई नहर मार्फत कपिलवस्तु सम्म पुर्याएर सिंचाइका काममा प्रयोग गरिनेछ । यसो हुंदा रुपन्देही र कपिलवस्तुका १ लाख हेक्टर जमिनमा सिंचाइको सुविधा पुग्ने बताईएको छ । करिब ९ मिटर चौडा सुरूङमार्गबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पुर्‍याउन सकिने विश्वास प्राविधिकहरूको छ ।

    सरकारले कालीगण्डकी–तिनाउ बहुउद्देश्य परियोजनाको विस्तृत अवधारणा बनाउन आर्थिक वर्ष २०७१/७२, २०७२/७३ , २०७३/७४ र २०७५÷७६ मा पनि बजेटको व्यवस्था गरेको थियो । आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि यस परियोनाले बजेट पाएको छ ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech