ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

डोजरको बकेटले हानेर डोजर चालकले गरे वडाध्यक्षको हत्या
  • हजुरकाे पाेष्ट

  • डोजरको बकेटले हानेर डोजर चालकले गरे वडाध्यक्षको हत्या

    असार १२ सर्लाही
    सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन् । डाेजर चालक हर्कबहादुर गोलेले डोजरको बकेटले हान्दा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

    गएराति वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र चालक गोलेबीच विवाद भएपछि गोलेले वडाध्यक्ष श्रेष्ठमाथि बकेट प्रहार गरेका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । राति १० बजेतिरसँगै खाना खाएर डोजरले खनेको पोखरीतर्फ जाँदै गर्दा विवाद भएको र डोजर भएको ठाउँमा पुगेपछि चालकले श्रेष्ठको हत्या गरेका उहाँले बताउनुभयो ।

    श्रेष्ठलाई माटोले पुरिएको अवस्थामा भेटेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । घटनामा संलग्न ठेकेदार दाहाल र चालक गोलेलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech