ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि , ३० जनाको मृत्यु
  • हजुरकाे पाेष्ट

  • असार १२ काठमाण्डाै
    पछिल्लो २४ घण्टामा चार हजार नौ सय १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या पछिल्लो २४ घण्टामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्याको दाेब्बरभन्दा धेरै हो ।

    पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ११ सय ७४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ सय ४२ जना गरी दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३२ हजार तीन सय २६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ हजार पाँच सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म पाँच लाख ८१ हजार तीन सय २७ जना निको भइसकेका छन् । निको हुने दर झण्डै ९२ प्रतिशत पुगेको छ । यस्तै थप ३० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नौ सय ७५ जना पुगेको छ । अहिले नेपालमा ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech