ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

सामाजिक अभियान्ता द्वारा ग्रामीण क्षेत्रमा सर्जिकल माक्स तथा खाद्यान्न वितरण
  • हजुरकाे पाेष्ट

  • हरि कुँवर – अर्घाखाँची ।
    सामाजिक अभियान्ताहरु ले ग्रामीण क्षेत्रका विपन्न परिवार लाई तेस्रो चरणको सहयोग सर्जिकल माक्स तथा खाद्यान्न सनिवार वितरण गरेका छन ।

    अर्घाखाँची जिल्ला को भुमिकास्थान नगरपालिका वडा नम्बर – २ ठुलाखार्क निवासी हरि प्रसाद खनालका छोरा समाज सेवी युवा सिव हरि खनालको सहयोगमा सामाजिक अभियान्ता यूवराज थापा लगायतको टिमले चुलो निभेका भुमिकस्थान नगरपालिका वडा नम्बर १ का १० विपन्न घरपरिवार लाई ३०० केजी चामल तथा सर्जिकल मास्क नि:शुल्क वितरण गरेको थियो ।

    सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को अर्घा गन्धर्व बस्तिमा सामाज सेवि गुरुदेव खनाल लगाएत को उपस्थितिमा १०० घरपरिवार लाई १ हजार पिस मास्क वितरण गरिएको थियो ।

    यसैगरी सन्धिखर्क नगरपालिका वडा नम्बर – ८ को गाजँरीमा ५० घरपरिवार , भुमिकास्थान नगरपालिका २ का ५० घरपरिवारलाइ एक हजार पिस मास्क निशुल्क वितरण गरिएको थियो । अन्दाजी तीस हजार बराबर को मास्क तथा खाद्यान्न सनिवार वितरण गरिएको थियो ।

    हामीले सक्ने सहयोग गरेका छौँ । हाम्रो सहयोग थोरै भएपनि महामारीका बेला सहयोग गर्नु हाम्रो दायित्व रहेको समाजसेवी तथा अभियान्ताहरु यूवराज थापा , विपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा ,विजय सुनार सागर मरासिनी र मनोज सापकोटा बताउछन ।

    महामारीमा आवश्यक परेको बेला एक अर्का लाई सहयोग गर्नु मानवीय धर्म भएको अभियान्ता युवराज थापाले बताए।

    जिल्लामा चौंथो चरणको खाद्यान्न तथा नि:शुल्क सर्जिकल मास्क वितरण गर्ने कार्यक्रम पनि रहेको बताए ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech