ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

आज कतै सामान्य र कतै ठूलो वर्षा : यो हप्ता चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
  • हजुरकाे पाेष्ट

  • १३ असार,काठमाण्डौ  ,।अहिले प्रदेश एक र दुईमा हल्कादेखि मध्यम वर्षा भइरहेको  छ । बाँकी प्रदेशहरुमा भने मौसम आंशिकदेखि पूर्ण बद्ली रहेको छ । आज दिउँसो देशभर बद्ली भइ कतै सामान्य र कतै ठूलाे पानी पर्ने सम्भावना छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन ।

    प्रदेश एक, दुई र लुम्बिनी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको जनाएकाे छ । आज राति भने प्रदेश एक र वाग्मतीमा भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । हिजो अस्तिको तुलनामा आज पानी कम पर्ने  छ । पर्सिदेखि भने फेरि मनसुन थप सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

    यसैबीच, यो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । प्रदेश-१ र २ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको  मौसमपुर्वानुमान महाशाखाले जनाएकाे छ  ।

    हप्ताभरि नै यी प्रदेशहरुमा समान्यदेखि पूर्ण बद्ली हुनेछ भने हल्कादेखि ठूलो पानी पर्नेछ । बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । यी प्रदेशमा हप्ताको  सुरु तथा मध्यमा थोरै ठाउँमा र अन्त्यतिर केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी/हिमाली भूभागका केही ठाउँहरुमा हिउँ पर्ने पनि सम्भावना देखिएको छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech