ब्रेकिङ

अर्घाखाँचीको शितगंगा नगरपालिका द्वारा घरमै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण

कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाने

छैटौं लियो देवदह हाफ म्याराथन सम्पन्न,पुरूषतर्फ तिर्थ पुन र महिलातर्फ राममाया बुढा प्रथम

पृथ्वीको नजिकैबाट गयो एउटा छुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलिविद्को भनाइ

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितिन्

सर्वोच्च अदालतद्वारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

१० माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल हुने
  • हजुरकाे पाेष्ट

  • १३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दै छ ।

    बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

    कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन।

    पदाधिकारीलाई जिम्मा दिने तयारी

    रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले उजुरीमाथि छानविन गरिरहेको छ । आजको पदाधिकारी बैठक क्रियाशील सदस्यता छिटो टुंग्याउनेबारे केन्द्रित हुने छ ।

    समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ । तर समितिले मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यको हकमा आएका उजुरीमाथि काम गर्न सकेको छैन ।

    समितिले अति विवादित जिल्लाको हकमा पदाधिकारीलाई नै निर्णय गर्ने जिम्मा दिने तयारी गरेको छ । क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्य योगेन्द्र चौधरीले भने, ‘पुरानाको हकमा विवाद नभए पनि अन्य पार्टीबाट आएकाहरुको हकमा मापदण्ड कसरी निर्धारण गर्ने भन्ने समस्या छ ।’

    यस सम्बन्धी मापदण्ड अब पदाधिकारीले नै टुङ्गो लगाउनुपर्ने बताउँदै चौधरीले भने, ‘पदाधिकारीहरुले मापदण्ड टुंगो लगाइदिनु भयो भने उहाँहरुले दिएको समयसीमा भित्र बाँकी काम सम्पन्न गर्न हामी सक्छौं । नत्र हामीलाई कठिन हुन्छ ।’

    कांग्रेसमा पुराना ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १४ औं महाधिवेशनमा शतप्रतिशत सदस्यता बढाउने निर्णयपछि कांग्रेसमा क्रियाशील सदस्यता झण्डै दश लाख पुग्ने अनुमान गरिएको छ ।

    तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न कांग्रेसमा प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता विवाद टुंग्याउन जरुरी छ । समितिले गौशालास्थित धर्मशालामा बसेर सदस्यता टुङ्ग्याउने काम गर्दै आएको छ ।

    ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको नामावली सार्वजनिक

    यसैबीच नेपाली कांग्रेसले ६ जिल्लाका ९ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ ।

    भोजपुर, रुकुमपश्चिम, प्यूठान, धनुषा-१, काभ्रे-१ र सप्तरी क्षेत्र नं. १, २, ३ र ४ का क्रियाशील सदस्य -नयाँ र नवीकरण)को विवरण नेपाली कांग्रेसले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो ।

    ती जिल्ला र क्षेत्रका नामावलीमा कुनै उजुरी, गुनासा वा सुझाव भएमा यही असार १७ गतेभित्र सप्रमाण पठाउन पनि कांग्रेसले आग्रह गरेको छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech