ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

काठमाण्डाै उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी ,सार्वजनिक गाडी खुलाउने/नखुलाउने भन्नेबारे आज छलफल हुने
  • हजुरकाे पाेष्ट

  • असार १३ काठमाण्डाै
    काठमाण्डाै उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    निषेधाज्ञाका बारेमा निर्णय गर्न दिउँसो चार बजे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ । निषेधाज्ञा थप खुकुलो बनाउने बारे छलफल भइरहेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । अहिले निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यस्तै, तरकारी तथा फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ भने पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्दै आएको छ । त्यसैगरी निश्चित समय तोकेर हार्डवेयरलगायत अन्य पसल पनि खोल्न दिइएको छ ।

    सार्वजनिक गाडी, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । अब थप हुने निषेधाज्ञामा सार्वजनिक गाडी खुलाउने/नखुलाउने भन्नेबारे आज छलफल हुनेछ । विज्ञले सङ्क्रमणको जोखिम कायमै रहेकोले सार्वजनिक गाडी खुलाउन हतार नगर्न सुझाव दिएका छन् । तर, यातायात व्यवसायीले लामो समयदेखि गाडी थन्किँदा समस्यामा परेको भन्दै खुलाउन माग गर्दै आएका छन् ।

    काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति १२ बजेदेखि सकिँदै छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech