२०७८ असार १४ गते बुटवल कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नं ९ स्थित अनकोट को जङ्गलमा रहेको श्री राम दतिवन जलेश्वरधाम मा आनौठो शक्ति देख्न पाइन्छ ! सुन्दा न पत्यारिलो लाग्न सक्छ, त्यहाँ गएर हेर्दा साच्चिकै आत्मविश्वास लाग्छ, त्यस मन्दिर मा हामीले प्रत्यक्ष देख्न सकिन्छ रामवाड, सीता कुवा र भगवान राम का खुट्टा का पैताला काे छाप र लक्ष्मण , हनुमान का समेत पैतालाका छाप देख्न सकिन्छ त्यस ठाउँकाे इतिहास बुझ्दा भगवान राम लक्ष्मण जङ्गल पस्दै गर्दा त्यस ठाउँमा गई निमरुखकाे फेदमा बसी निम कै हाँगा ले दतिवन गर्नु भएको र विश्राम पनि गर्नु भएको ! त्यहाँ बाट रामघट गई इस्नान गर्नु भएको भन्ने इतिहाँस छ। त्यस मन्दिर मा आज भन्दा २७ बर्ष अघि सप्तरी जिल्लामा जन्म भै आफ्नो ९ बर्ष काे कलिलो उमेरमै सपनामा दिक्षा देखाएको भन्दै सपनाकै आधारमा सप्तरी जिल्लाबाट कपिलवस्तुआई घना जङ्गलमा तपस्यागरी सात दिन सात रात पानी भित्र बसी शिवलिंग प्राप्तगरी शिवलिंग स्थापना गरी अहिले सम्मा भगवान को आदेश हो भन्दै छन कृष्णा सरण भोले बाबा ।
साच्चिकै शक्ति भएको त्यस मन्दिर मा प्रसस्त मात्रामा भक्तजन आउने गरेका छन धेरै जस्तोे आफ्नो बिरामी लाई निको पार्न भन्दै आएको देखिन्छ त्यहाँ आएर निको हूने रोग हरू दैवि शक्ती याेगध्यान मेडिटेसन तथा जडिबुटी बाट बिभिन्न रोगहरू काे उपचार गर्ने बताउँछन् कृष्णा सरण भोले बाबा ।