बजारै यस्तो
मुलाको पात फ्याँकेर जरो खाने गाउँमा
हिराको डल्लो छाडेर जलप रोज्ने ठाउंमा ,
के कुरा गर्नु असली लालहिराको!
यहाँत बिजली खैनी र गुट्काको बजार छ
नसोंचेको भाऊमा।,१।।
साँच्चैको अमिलो चुक कस्लेपो चिन्छन?
टाहालो पोलेर कालो मोलेको लाइन लायर लिन्छन।
घारै नभयकाले महको व्यापार गरेपछी
सक्कली त कहाँपो पाउंनु र हो
फिट्किरी र सोंप मिसायर दिन्छन।।२।।
यहाँ बाजेनै नक्कली छन् पेडाका कुरा के?
सत्य त जनतैले पत्याउँदैनन् के बेचुनत नेताले!
पिठै घोलेको दुधमा आदत छ,सवैको ।
शुद्ध त पाडाले मात्रै पो पचाउँछतनि !
मान्छेको त कहाँ धान्छ र पेटले।।३।।
के रन्कोले ढलाउँछन खै मठ मन्दिर शालिक?
डरले होकि छलले हो? उध्योग पस्दैनन मालिक!
जमातै उचालिनेको छ औँलो घुसेसी कहिं
कति साँचि राख्नुयो खोपडि भित्रको गिदिलाई?
प्रयोगपनी गरन हो कहिलेकाहिं त।।४।।
कितावसित नुन , कस्तुरी र कुकुर साट्ने।
धरहरा देखे फुलो पर्ने टावर हेर्न टिकट काट्ने
खप्परै नक्कली होकि, रगतमै कैफियत छ कुन्नी?
स्वदेसी केहि देखि नसहनि,सिल्का हान्नी,
बिदेसी भन्योकि जेपनि ल्याप्पै चाट्ने।।५।।
बस्त्रको धज्जी उड्छ, निर्वस्त्रको हाइहाइ।
असलिका पत्तासाफ छ ,नक्कलिका वाही वाही।
चामलवाला फरार छ, पिठोवाला चम्क्याछ।
जिरा धनियाकोत स्वादनी चिन्नुपर्योनी !
काठको धुलोमा स्वादले जिब्रो पड्काइ छ।।६।।
ए हजुर!सामान त उही छ, साहुले फरक पर्छ।
असलियत बुझ्दैन केही , नियतले मोलतोल गर्छ।
यहाँको बजारै यस्तो छ त केगर्ने ?चल्नु त छनै
असली कोदाको चिन्नेत कति नै छन् र।
दाना मिसाइदिए भेलिकैले गर्छ।।७।।
नरबहादुर घर्ती