असार १४,बुटवल ।
रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।
‘अन्तर जिल्लामा भने सार्वजनिक यातायातलाई सञ्चालन गर्न रोक लगाइएको छ । जिल्ला भित्र सबै सार्वजनिक यातायात भने जोर–विजोर प्रणालीका आधारमा चल्न पाउने छन् । बसमा आधामात्रै यात्रुहरुमात्र राख्न पाईने छ भने भाडा डेढ गुणा बढी लिन पाईने गरि सम्झौता भएको बुटवल यातायात प्रालीका सञ्चालक दिपक श्रेष्ठले जानकारी गराए । पहिलेको अवस्थामा भाडा १०० भए अब १५० तिर्नु पर्ने छ। बिहान ११ बजे जिल्लाका यातायात ब्यवसायी संग भएको छलफलमा सोही निर्णय भएको उनले बताए ।