ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

प्रचण्डले छेपाराेले जस्ताे रङ्ग फेर्दै हिँडिरहेकाे : प्रधानमन्त्री केपि शर्मा ओलीकाे टिप्पणी
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गर्नुभयो । उहाँले लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै सशस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुर्‍याएका दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्र भन्दा राजा नै राम्रो भन्दै हिँडेको बताउनुभयो ।

    स्वर्गीय नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमवार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अध्यक्ष दाहालले छेपारोले जस्तो गरी स्वार्थ र परिवेशअनुसार धारणा बदल्दै हिँडेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के–के भने क्यार .. मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रङ्ग एकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रङ्ग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रङ्ग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालो–कालो बनाउँछ । छेपारोले रङ्ग फेर्छ त । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ, कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरू के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्दैनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ ।’

    प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘निलवर्ण सङ्घार’ कथाको पात्र जस्तो चरित्रको भएको दाबी गर्नुभयो । प्रचण्डको काम नै देशलाई बरबाद गर्ने भएको भन्दै उहाँले प्रचण्डलाई पनि पृथकतावादीहरूलाई राजनीतिको मूल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताउनुभयो ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech