ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

नेपालमा डिजिटल भिसा प्रणाली लागू, पहिलो भिसा तेन्जिङलाई
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेपालमा पहिलोपटक डिजिटल भिसा प्रणाली लागू भएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै गृहमन्त्री विष्णु पौडेलले डिजिटल भिसा प्रणालीको शुभारम्भ गरेका हुन् ।

    आज अध्यागमन विभागमा आयोजित कार्यक्रममा गृहमन्त्री पौडेलले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गर्दै पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गरेका छन् ।

    क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने हुँदा त्रुटि हुने सम्भावना कम हुन्छ । सँगै सेवा प्रबाह पनि छिटो छरितो हुने अध्यागमन विभागले जनाएको छ ।

    अब नेपालको भिसा अन्तरर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ । यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने विभाग योजना छ ।

    डिजिटल भिसा शुभारम्भ कार्यक्रममा गृहमन्त्री पौडेलले नेपालको भिसा अन्तर्राष्ट्रियस्तरको भएको भन्दै यसले देशको राष्ट्रिय सुरक्षामा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech