ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन ढिला भए पनि समस्या नहुने
  • हजुरकाे पाेष्ट

  • १४ असार,काठमाण्डाै । अस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले प्रभावकारी काम गर्ने त्यो खोप उत्पादनमा संलग्न एक जना विज्ञले बताएका छन।

    अक्सफाेर्ड/आस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफाेर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले बीबीसीसँगको  कसराकानीमा  खोपको दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोना भाइरस प्रतिरोधी प्रणाली झ्वाट्टै कमजोर नहुने बताएका छन  । उनले ढिला गरी खोप लगाउँदा प्रतिरोधी प्रणाली अझै दिगो बन्नेसमेत बताएका छन ।

    कुराकानीमा उनले ५० वर्षमाथिका मानिसलाई सकेसम्म पहिलो मात्रा खोप दिएर केही खोप उपलब्धताको आधारमा केही ढिला दोस्रो मात्रा दिँदा पनि प्रतिरोधी क्षमतामा असर नपर्ने बताएका छन । तर दोस्रो मात्रा लगाउनु भने अझै राम्रो हुने उहाँले बताए । उनले अस्ट्राजेनिका खोपले डेल्टा र अल्फा भेरियन्टमा पनि राम्रो सुरक्षा देखाएको बताएका छन ।

    नेपालमा झन्डै १४ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा पर्खिरहेको कोभिशिल्ड खोप पनि अस्ट्राजेनेका/अक्सफोर्डले विकास गरेर भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप हो ।

    तीन दशकअघि पर्वतारोहणका लागि पहिलो पटक नेपाल आउनुभएका पोलार्ड सन् १९९४ मा सगरमाथा आरोहण गर्न आएको ब्रिटिश मेडिकल एक्सपिडिसनका उपनेता पनि थीए । उनले  कोरोना भाइरसको महामारीको उच्च जोखिम देखा परेको नेपाल जस्ता देशमा खोप नपुग्नु लाजमर्दो भएको बताएका छन।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech