ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

यसरी मनाइयो १८ औं राष्ट्रिय धान दिवस,
  • हजुरकाे पाेष्ट

  • धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोभिड–१९ को महामारीका बीच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा धान दिवस २०७८ मनाइएको हो ।

    कार्यक्रममा मन्त्री नेम्वाङले नार्क परिसर खुमलटारको जग्गामा धान रोपेर औपचारिक रुपमा दिवस मनाएका छन् ।

    कोभिडको संक्रमण र सन्त्रास कायमै रहेका बेला न्यून उपस्थितिमा मनाइएको यस पटकको धान दिवसका लागि कृषि विभागले आवश्यक प्रोटोकल समेत जारी गरेको थियो भने दिवसमा पहिले जस्तो सांस्कृतिक,परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रम नगरिने जनाएको थियो । सोही अनुसार सामान्य औपचारिक कार्यक्रम गरी यस पटकको धान दिवस मनाइएको छ ।

    २७.१२ प्रतिशत रोपाइँ सकियो

    असार १५ अर्थात् १८ औं धान दिवस मनाउँदै गर्दा आजसम्म मुलुक भरबाट कुल २७.१२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    कुल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा असार १५ सम्ममा कुल ३ लाख ७१ हजार ९५८.६ हेक्टर क्षेत्रफलमा धान रोपाइ भइसकेको मन्त्रालयले जनाएको छ ।

    यस्तो रोपाइ प्रदेश १ मा ४९ हजार ६२३.२५ हेक्टर अर्थात् १७.९९ प्रतिशत,प्रदेश २ मा ३८ हजार ५८६.८४ हेक्टर (१०.५५ प्रतिशत),बागमती प्रदेशमा २४ हजार २८८.४४ हेक्टर (२१.०७ प्रतिशत),गण्डकी प्रदेशमा १६ हजार ६१२.१९ हेक्टर (१५.३४ प्रतिशत),लुम्बिनी प्रदेशमा १ लाख ३९ हजार ४५६.४९ हेक्टर (४५.९४ प्रतिशत),कर्णाली प्रदेशमा २३ हजार ८५०.७ हेक्टर (६२.१४ प्रतिशत) र सुदूर पश्चिम प्रदेशमा ७९ हजार ५४०.७० हेक्टर (४८.३१ प्रतिशत) रोपाइ सम्पन्न भएको छ ।

    उक्त तथ्याङ्क हिमाली,पहाडी र तराई क्षेत्रगत अनुसार उच्च पहाडी क्षेत्रमा १६ हजार १३५ हेक्टर अर्थात् ३३.४८ प्रतिशत रोपाइ भएको छ भने मध्य पहाडी क्षेत्रको कुल रोपाइँ हुने क्षेत्रको ३०.९५ प्रतिशत अर्थात् १ लाख ७ हजार ११५ हेक्टर र तराई क्षेत्रमा २५.४५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ७०८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

    गत वर्ष सोही समयमा कुल ४ लाख ८६ हजार ६६२.३ हेक्टर अर्थात् ३५.४८ प्रतिशत रोपाइ सम्पन्न भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष असार १५ सम्ममा कम रोपाइँ भएको देखिन्छ ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech