ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

पहिरोको कारण जोखिमबाट बच्यो काराङ्गा गाउँ
  • हजुरकाे पाेष्ट

  • हुम्लाको खार्पुनाथ गाउँपालिका–२ काराङ्गा गाउँमा रहेको जोखिमपूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ । 

    बस्ती नै जोखिम भएपछि हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको बहरा दल गुल्मको पहलमा चट्टान फुटाइएको हो ।

    लगातार वर्षाले चट्टान खस्न सक्ने जोखिमबाट त्रसित यहाँका वासिन्दा ढुक्क भएका छन् । यहाँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका थिए । 

    वर्षासँगै भिरमा रहेको उक्त चट्टान खस्न थालेपछि सेनाको सहयोगमा पन्छाउने काम भएको योजना प्रमुख विसुनदास लामाले जानकारी दिए । 

    जोखिमपूर्ण चट्टान फुटाइएपछि बस्ती सुरक्षित रहेको गुल्मपति सेनानी नरेशभक्त अधिकारीले बताए । सडक योजना, खार्पुनाथ प्रहरीचौकी र सेनाको टोलीको संयुक्त पहलमा चट्टान फोड्न सहज भएको उनको भनाइ छ ।  

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech