ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

प्रधानमन्त्री नियुक्तिको आधार नदेखिएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्‍याे : नायब महान्यायाधिवक्ता पाण्डेय
  • हजुरकाे पाेष्ट

  • १५ असार,काठमाण्डाै –। नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुपरेको तर्क गरेका छन  ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवा दुवैको आधार स्पष्ट नभएपछि संविधानअनुसार विघटन गरिएको तर्क प्रस्तुत गरे।

    प्रधानन्यायाधीशले राणाले प्रश्न गर्दै भने, ‘नेपालको संविधानको धारा ७६ (५) को प्रक्रिया पूरा नगरेकाले प्रश्न उठेको हो, विकल्प खोज्नु पर्ने थिएन र ? जवाफमा नायब महान्यायाधिवक्ता पाण्डेयले जवाफ दिँदै भने , ‘’दुवैको आधार नदेखेपछि राष्ट्रपतिले अस्वीकार गर्नुभयो, यो विषयलाई अदालतले हेर्न पनि मिल्दैन ।’

    प्रधानन्यायाधीश राणाले पुनः प्रश्न गरे , ‘कुनै दुईमध्ये एकलाई नगर्दा यो अवस्था आएको हो कि हैन ? भारतलगायत देशमा के अभ्यास छ ?’ नायब महान्यायाधिवक्ता पाण्डेयले जवाफमा भने , ‘भारतमा पनि पटक–पटक संसद् विघटन भएको छ, भारतमा संसद् विघटनपछि सरकार स्थिर भयो, जहाँ सरकार स्थिरता हुन्छ, त्यहाँ विकास  हुन्छ, विघटनले प्रजातन्त्र कमजोर हुँदैन ।’

    नायब महान्यायाधिवक्ता पाण्डेयको बहस चिया विश्रामपछि पुनः हुनेछ । उहाँका लागि दुई घण्टा समय निर्धारण गरिएको छ । महान्यायाधिवक्तासहित ११ जनाले सरकारी पक्षबाट बहस गर्ने तय भएको थियो । त्यसमध्ये महान्यायाधिवक्ता रमेश बडालले सोमवार बहस गरिसकेका छन ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech